सत्र १२: समयः ९० मिनेट
EFLG लाई स्थानीय तहका नीति, योजना तथा कार्यक्रममा मूलप्रवाहिकरण — सहभागीबाट सफल अभ्यास प्रस्तुति
लक्षित सहभागी:
स्थानीय तहका जनप्रतिनिधि/कर्मचारी/अन्य सरोकारवाला
१. सत्रका उद्देश्यहरू
सत्र समाप्त भएपछि सहभागीले—
- EFLG मूलप्रवाहिकरण (Mainstreaming) को अवधारणामा थप स्पष्ट हुने।
- स्थानीय तहको नीति–योजना चक्रमा EFLG कसरी समावेश हुन्छ भन्ने सिक्ने।
- आफ्नो पालिकामा भएका सफल अभ्यास (Best Practices) पहिचान गर्न सक्ने।
- निर्धारित ढाँचामा आफ्नै सफल अभ्यास प्रस्तुत गर्न सक्ने।
- आगामी योजनामा EFLG समावेशीकरण गर्न आवश्यक सुधारका बुँदा तयार गर्न सक्ने।
- प्रस्तुतीकरण
- Brainstorming
- समूह कार्य (Group Work)
- सफल अभ्यास दस्तावेजीकरण (Template प्रयोग)
- सहभागी प्रस्तुति
- Reflections
Step 1: परिचय र अपेक्षा संकलन (10 मिनेट)
- EFLG मूलप्रवाहिकरण किन आवश्यक? छोटो उदाहरण सहित।
- सहभागीलाई प्रश्न:
- “तपाईंको पालिकामा वातावरणमैत्री अभ्यास के–के भएका छन्?”
- अपेक्षा नोट गर्ने।
Step 2: EFLG Mainstreaming Concept Sharing (15 मिनेट)
मुख्य विषयवस्तु:
- EFLG ६ विषयगत क्षेत्र
- नीति–योजना चक्र (Policy → Planning → Budgeting → Implementation → Monitoring) मा वातावरण समावेश गर्ने ठाउँहरू
- कसरि “EFLG Indicators” लाई योजनामा जोडिन्छ
- Climate–Budget–Social Inclusion Alignment
Step 3: सफल अभ्यास पहिचान मार्गदर्शन (10 मिनेट)
सहभागीलाई बुझाइने–
सफल अभ्यास भन्नाले:
- प्रभावकारी,
- दोहोर्याउन मिल्ने,
- वातावरणमैत्री,
- स्पष्ट नतिजा देखिने कार्यहरू।
सफल अभ्यास प्रस्तुतिका लागि Template:
- अभ्यास शीर्षक
- समस्या/सन्दर्भ
- EFLG विषयगत क्षेत्र/सूचक
- के गरियो? (Process)
- स्रोत/समन्वय
- नतिजा/परिणाम
- सिकाइ (Lessons Learned)
- विस्तारयोग्य क्षेत्र
Step 4: समूहगत अभ्यास (25–30 मिनेट)
सहभागीलाई समूहमा विभाजन:
- प्रत्येक समूहले आफ्नो पालिकामा भएका १–२ सफल अभ्यास पहिचान गर्ने।
- उपलब्ध Template भरेर PPT/फ्लिपचार्ट तयार गर्ने।
सहयोगी प्रश्नहरू (Facilitator Support):
- “यो अभ्यासले वातावरण सुधारमा के परिवर्तन गर्यो?”
- “सूचकसँग कसरी जोडिन्छ?”
- “कस्तो बजेट/स्रोत प्रयोग भयो?”
Step 5: सहभागी प्रस्तुति (25–30 मिनेट)
प्रत्येक समूह ५ मिनेट:
Facilitator ले प्रस्तुति मूल्यांकन गर्ने आधार:
- सूचकसँग मिलान
- नवप्रवर्तनता
- प्रभाव/परिणाम
- स्थानीय तहको नीति–योजना चक्रमा कसरी जोडिएको छ
- निरन्तरता/स्थायित्व
Step 6: Reflections & Way Forward (10 मिनेट)
सहभागीबाट:
- “आजको मुख्य सिकाइ के भयो?”
- “आगामी वर्ष योजनामा EFLG कसरी थप मजबुत बनाउने?”
Facilitator output:
- ३–५ मुख्य सुधारका बुँदा संकलन
- सहभागीबाट संकलित सफल अभ्यास Brief Notes
- Talim Report मा समावेश गर्न मिल्ने Best Practices Compilation सामग्री
- सहभागीका आगामी वर्षका EFLG Mainstreaming Commitment points