सत्र १०: समयः ९० मिनेट
बिषयक्षेत्रगत सूचकहरु
१.१ बिषय क्षेत्र: खानेपानी, सरसफाइ, स्वास्थ्य र फोहरमैला व्यवस्थापन
क) नगर क्षेत्र
| तह | मुख्य सूचकहरु | सूचकहरु |
| घरपरिवार (आधारभूत) | १.सरसफाई र स्वास्थ्य | १.शौचालयको व्यवस्था, त्यसको उचित प्रयोग भएको।
२. व्यक्तिगत सरसफाईमा ध्यान दिएको। ३. आफ्नो घर भित्रको फोहर सड्ने र नसड्ने वर्गीकरण गरी सड्नेलाई आफैं वा समूह बनाई मल बनाउने गरेको। ४. नसड्ने फोहरलाई नगरपालिकाले तोके बमोजिम उचित व्यवस्थापन गरेको। 5. नेपाल सरकारले तोकेको भन्दा कम गुणस्तरको प्लास्टिक झोला प्रयोग नगरेको। ६. घर पालुवा जनावर, कुकुर आदिलार्ई घर क्षेत्र बाहिर खुला रुपमा दिसा गराउने नगरेको र गराएमा आफैंले उठाएर आफ्नो घर परिसरमा लगि व्यवस्थित गर्ने गरेको। |
| २, वर्षातको पानीको सङ्कलन तथा भण्डारण | ७.वर्षातमा घर–कम्पाउण्डभित्र परेको पानी सङ्कलन÷भण्डारण (Rain Water Harvesting) गर्ने व्यवस्था मिलाएको वा आफ्नै घर–कम्पाउण्डमा जमिनभित्र जाने (Water Recharge) व्यवस्था गरिएको | |
| ३. पिउने पानी | ८.पिउने पानीका लागि शुद्धिकरणका उपायहरुको अवलम्बन गरिएको | |
| घरपरिवार (परिष्कृत) | १.ढलको उचित व्यवस्थापन | १.घरमा सेप्टिक ट्याङ्कीको व्यवस्था गरी सञ्चालनमा रहेको। (ढलको प्रशोधन गरेर मात्र अन्तिम निकास गर्ने गरेको) |
| २. घर–आँगन बाहिर सडकको सरसफाई स्थिति | २.आफ्नो घर–आँगन बाहिरको सडक वा बाटो सफा राख्ने गरेको | |
| ३. प्लाष्टिक झोलाको नियन्त्रण | ३. प्लाष्टिक झोला प्रयोग नगरी त्यसको विकल्पमा जुट, कपडा वा कागजका झोला प्रयोग गर्ने गरेको | |
| टोल/बस्ति तह(आधारभूत) | १.टोल सरसफाई अभियान | १. कम्तिमा महिनाको एक पटक नियमित रुपमा आफ्नो टोल समुदायको क्षेत्रभित्र सामूहिक रुपमा सरसफाई अभियान सञ्चालन गर्ने गरेको।
२. घरबाट बाहिर निष्काशन गरिने फोहर सडक, पेटी र सार्वजनिक स्थलमा जम्मा नगरी सिधै सङ्कलन गर्न आउने सवारी साधनमा राख्ने गरेको वा नगरपालिकाले तोके बमोजिम व्यवस्थापन गरेको। |
| टोल/बस्ति तह (परिष्कृत) | १. सार्वजनिक क्षेत्रको सरसफाई | १.आफ्नो टोलभित्रका सार्वजनिक क्षेत्र (जस्तैः मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च, सडक, पार्क, नाला, गल्ली, फुटपाथ, खोला, नदी, बगर, नहर, वन तथा चौर आदि) मा फोहर फाल्न प्रतिबन्ध गरेको। |
| २. ध्वनी प्रदूषण नियन्त्रण | २.टोलबासीको स्वास्थ्यमा प्रतिकुल असर गर्न सक्ने किसिमको ध्वनीको असर न्यूनीकरणका उपाय अवलम्बन गर्ने व्यवस्था गरेको। | |
| वडा तह(आधारभूत) | १. खानेपानीका मुहान तथा स्रोतको संरक्षण | १. वडामा भएका सबै खानेपानीका श्रोतहरुको लगत राखी संरक्षण गरिएको र सबै पानीका श्रोतहरुको गुणस्तर परीक्षण गरिएको
२. पानी सुरक्षा सम्बन्धी तालिमहरु सञ्चालन गरेको र वडाबासीलाई भूमिगत जलस्रोतको पुनर्भरण एवं बहुउपयोगिताको निम्ति आकाशे पानी सङ्कलन र प्रयोगलाई प्रोत्साहन गर्न नीति तथा कार्यक्रम तर्जुमा गरी लागु गरेको |
| २. फोहरमैला व्यवस्थापन | १. घर–घर बाट संकलित फोहर नगरपालिकाबाट तोकिएको स्थानमा विसर्जन गर्ने गरिएको
२. वडा परिसरमा प्लाष्टिक झोलाको प्रयोगलाई कम गर्न बैकल्पिक उपायहरुको विकास र त्यसको प्रयोग गरिएको |
|
| ३. प्रदूषण गर्नेलाई दण्डको व्यवस्था | १.वडा भित्रका घर, उद्योग तथा अन्य व्यवसायहरुबाट निश्काशन हुने अत्याधिक ध्वनी, धुवाँ, धूलो आदि व्यवस्थित गर्न टोल विकास समितिको सिफारिसको आधारमा नेपाल सरकारबाट तय गरिएको सिमा उल्लंघन गर्ने व्यक्ति, उद्योग वा सँस्थालाई कारवाहीको लागि नगरपालिका तथा जिल्ला प्रशासन समक्ष सिफारिस साथ पठाइएको | |
| वडा तह(परिष्कृत) | १. सडक नालाको व्यवस्थापन | १. वडाका सबै सडकहरुमा बर्षात्को पानी निकास हुने कुलेसो वा नाली भएको
२. सडकको दायाँ बायाँ रहेको नाली नियमित सफा गरिएको ३. सडक किनारामा रहेका विजुलीको पोल तथा तार व्यवस्थित भएको। |
| नगरपालिका तह (आधारभूत) | १. खानेपानीको रणनीतिक योजना (Strategic Plan) निर्माण | १.स्वच्छ खानेपानी आवश्यकता पूरा गर्ने गरी रणनीतिक कार्ययोजना नगर सभाबाट स्वीकृत भएको। |
| २. फोहरमैला केन्द्र्रको स्थापना | १. सड्ने र नसड्ने फोहरको वर्गीकरण गर्ने गरी फोहरमैला केन्द्रको आवश्यक व्यवस्था गरेको
२. सड्ने फोहरबाट प्राङ्गारिक मल बनाउन प्रोत्साहन गर्नको लागि कम्पोष्ट बीनको वितरण भएको ३. फोहरमैलाको दिगो व्यवस्थापनको लागि व्यवस्थित ल्याण्डफिल साइट वा एकीकृत फोहरमैला व्यवस्थापनको अभ्यास गरेको |
|
| ३. सार्वजनिक स्थानमा शौचालयको व्यवस्था | १. बसपार्क, पेट्रोल पम्प, पर्यटकीय क्षेत्र तथा साँस्कृतिक सम्पदा, पार्क तथा उद्यान र मुख्य हाटबजार स्थलमा बालबालिका, लैङ्गीक तथा अपाङ्गमैत्री सार्वजनिक शौचालयहरूको व्यवस्था भएको | |
| ४. प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध | १. नेपाल सरकारले तोकेको गुणस्तरभन्दा कम गुणस्तरको प्लाष्टिक झोला प्रयोगमा बन्देज गरिएको
२. प्लाष्टिकको झोलाको विकल्पमा वातावरणमैत्री झोला उत्पादन गर्न प्रोत्साहित गरिएको र उत्पादित झोलाको बजारीकरण भएको |
|
| नगरपालिका तह (परिष्कृत सूचक) | १. फोहरमैला सङ्कलन तथा त्यसको उचित व्यवस्थापन | १. आफ्नै वा अन्य गाउँपालिका वा नगरपालिका सँगको सहकार्यमा पुनः प्रयोग गर्न नमिल्ने फोहरलाई आवश्यकता अनुसार फोहर विसर्जन क्षेत्र (Landfill Site) मा व्यस्थापन गर्ने गरिएको र स्वास्थ्य सँस्थाबाट निश्काशन हुने हानिकारक फोहरको व्यवस्थापन हानिकारक फोहर विसर्जन क्षेत्र (Hazardous Waste Landfill Site) मा व्यवस्थापन गर्ने गरेको।
२. नगर क्षेत्रभित्र फोहरमैला सङ्कलन गर्ने प्रणालीलाई प्रभावकारी बनाउँदै सिमसार क्षेत्र, धार्मिक स्थल, सडक तथा नदि किनारामा फोहर फाल्न र जलाउन प्रतिबन्ध लगाएको। |
| २. ढल प्रशोधन सम्बन्धी व्यवस्था | १.ढललाई जैविक वा इन्जिनियरिङ्ग प्रविधिबाट प्रशोधन गरिएपछि मात्र अन्तिम निष्काशन गर्ने गरिएको,(सबै घरहरूमा सेप्टी ट्याङ्की अनिवार्य गरिएको अवस्थामा यो सूचक निष्क्रिय हुनेछ) | |
| ३. प्लाष्टिक झोला सङ्कलन तथा व्यवस्थापन | १. प्लाष्टिक झोला सङ्कलन, पुनः प्रयोग तथा व्यवस्थापन गर्ने कार्यका लागि वडाका सवै टोलहरु समेट्ने गरी तालिम दिइएको र सोहि अनुसार काम भएको
२. नेपाल सरकारले तोकेको मापदण्ड वाहेकका प्लाष्टिक झोलालाई नगर क्षेत्रभित्र प्रयोगमा निषेध गरिएको र त्यसको विकल्पमा कपडाको झोलाको प्रयोग भएको |
|
| ४. प्रदूषणको नियमन | १. नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेको उद्योगहरूको लगत राखी ध्वनी, जल, वायू, प्रदूषणको स्तर मापन गरी अभिलेख तयार भएको
२. नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेको उद्योगहरूबाट भएको प्रदूषणको गुनासो सम्बन्धी अभिलेख तयार गरी गुनासो फर्छ्यौट गर्ने गरेको। |
|
| ५. ध्वनी प्रदूषण नियन्त्रण | १. ध्वनीको राष्ट्रिय मापदण्ड बमोजिम नगर क्षेत्रलाई औद्योगिक क्षेत्र, व्यापारिक क्षेत्र, आवासिय क्षेत्र तथा शान्त क्षेत्रको रूपमा विभाजन गरिएको
२. नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुकूल ध्वनीको स्तर सम्बन्धमा बार्षीक रुपमा मापन गर्ने गरिएको र मापदण्डभन्दा बढी ध्वनी प्रदूषण गर्नेलाई दण्डित गर्ने व्यवस्था गरिएको |
|
| ६. वायु प्रदूषण न्यूनीकरण | १. नगर क्षेत्रमा वायु प्रदूषण न्यूनीकरण तथा नियन्त्रणको लागि उपायहरु अवलम्बन गरिएको
२. नगर क्षेत्रमा साना सार्वजनिक सवारी साधनको भन्दा ठूला नगर बसहरु सञ्चालन भएको र बिजुलीबाट चल्ने सवारी साधनलाई उच्च प्राथमिकतामा राखेको |
|
| जिल्ला तह (आधारभूत) | १. प्लाष्टिक झोलामुक्त जिल्ला घोषणा | १. जिल्लामा नेपाल सरकारले निर्धारण गरे बमोजिम ४० माइक्रोनभन्दा कम गुणस्तरको प्लाष्टिकको झोला निषेध गर्न जिल्ला सभाले निर्णय गरी आब्हान गरेको
२. प्लाष्टिकको झोलाको विकल्पमा वातावरणमैत्री झोला उत्पादन गर्न स्थानीय तहहरुलाई समन्वय र सहजीकरण गरिएको |
| १. स्यानीटरी ल्याण्डफिल साइट व्यवस्थापन | १.गाउँपालिका तथा नगरपालिकाको फोहरमैला व्यवस्थापनको लागि ल्याण्डफिल साइटको निमित्त जग्गा व्यवस्थापनमा समन्वय र सहजीकरण गरेको | |
| २. खुला दिसामुक्त अभियान | १.पूर्ण सरसफाई कार्यक्रमसञ्चालनको लागि स्थानीय तहहरुसँग समन्वय र सहजीकरण गरेको | |
| ३. खानेपानी व्यवस्थापन | १.जिल्लाभरको खानेपानीका स्रोत र वितरणसम्बन्धी व्यवस्थित अभिलेख जि.स.स.मा रहेको
२.खानेपानीको मुहानको संरक्षण सम्बन्धमा छलफल कार्य र समन्वयकारी भूमिका निभाएको |
|
| जिल्ला तह (परिष्कृत) | १. फोहरमैला व्यवस्थापनमा समन्वय | १.गाउँपालिका तथा नगरपालिकाहरुलाई संयुक्तरूपमा फोहर व्यवस्थापन गर्ने कार्यमासमन्वय र सहजीकरण गरेको |
| २.=खानेपानी व्यवस्थापन | १. स्थानीय तहबाट प्राप्त विवरणका आधारमा जिल्लामा भएका खानेपानीका स्रोतहरुको संरक्षण र व्यवस्थापनका लागि रणनीति तयार गरेको
२. स्थानीय तहहरुबीचको खानेपानी मुहान सम्बन्धी विवाद समाधानका लागि समन्वय र सहजीकरण गरेको |
|
| ३. औद्योगिक प्रदूषण नियन्त्रण | १.उद्योग र अन्य व्यवसायबाट निश्कासन हुने विभिन्न प्रकारका प्रदूषण नियन्त्रण कार्यमा अनुगमन र समन्वय गरेको | |
| ४. ध्वनीतथा वायु प्रदूषण नियन्त्रण | १.ध्वनी तथा वायु प्रदूषण नियन्त्रण सम्बन्धी कार्यमा सरोकारवालाहरुसँग समन्वय गरेको |
ख) गाउँपालिका क्षेत्र
| तह | मुख्य सूचकहरु | सूचकहरु |
| घरपरिवार (आधारभूत) | १. स्वच्छ पानी, आधारभुत सरसफाई तथा घर भित्रको फोहरको उचित व्यवस्थापन, | १. स्वच्छ खानेपानीको पहुँच भएको
२. शौचालयको व्यवस्था, त्यसको उचित प्रयोग तथा व्यक्तिगत सरसफाईमा ध्यान दिएको ३. घरभित्रको फोहर सड्ने र नसड्ने (प्राङ्गारिक र अप्राङ्गगारिक) गरी विभाजन गरिL सड्नेलाई आपैm वा समूह बनाई मल बनाउने गरेको। |
| २. धुवाँरहित चुल्होको प्रयोग | १. घरभित्रको वायु प्रदूषणलाई न्यूनीकरण गर्नका लागि गोबरग्यास वा बायो ब्रिकेट वा सूधारिएको चुल्होको प्रयोग गरिएको | |
| घरपरिवार (परिष्कृत) | १. घर–आँगनको सरसफाईकोअवस्था | १.आफ्नो घर–आँगन तथा घर अगाडीको बाटो नियमित रूपमा सफा गर्ने गरिएको |
| २. . घर–आँगन बाहिर सडकको सरसफाई स्थिति | १.आफ्नो घर–आँगन बाहिरको सडक वा बाटो सफा राख्ने गरेको | |
| २ प्लाष्टिकका झोला नियमन | १.प्लाष्टिकका झोला प्रयोग नगरी आवश्यक पर्दा जुट, कपडा वा कागजका झोला प्रयोग गर्ने गरिएको | |
| वडा तह(आधारभूत) | १ खानेपानीका मुहान संरक्षण | १. वडा भित्रका सबै खानेपानीका श्रोतहरुको लगत राखी संरक्षण गरिएको
२. खानेपानीको श्रोतहरुको गुणस्तर परीक्षण गरीएको ३. पानीको सुरक्षित तथा किफायती प्रयोग सम्बन्धी तालिम सञ्चालन गरेको र वडा बासीलाई आकाशे पानी सङ्कलन र प्रयोग गर्न प्रोत्साहन गरेको |
| २. फोहरमैला व्यवस्थापन | १. वडा तहमा फोहरमैला सङ्कलन तथा व्यवस्थापनको संयन्त्र स्थापना गरेको
२. घर–परिवारबाट सङ्कलन भएको नसड्ने फोहर (प्लाष्टिक बाहेक) को व्यवस्थापन गर्न उपयुक्त स्थल तोकिएको ३. घर–परिवारबाट सङ्कलित प्लाष्टिकजन्य फोहर सङ्कलन गरी विक्री गर्ने व्यवस्था मिलाइएको |
|
| ३. ताल,पोखरी तथा सिमसार क्षेत्रको संरक्षण | १. वडाभित्रका ताल, पोखरी तथा सिमसार क्षेत्रहरूको लगत राखि संरक्षण गरिएको | |
| ४. खुला दिसामुक्त | १.वडा भित्र एक घर एक चर्पी अवधारणा कार्यान्वयन भएको | |
| वडा तह(परिष्कृत) | १. खानेपानीको मुहान, ताल तथा पोखरीको संरक्षण | १. खानेपानीको मुहानको नियमित सरसफाई तथा उचित संरक्षण गरिएको
२. वडामा रहेका ताल, पोखरी तथा सिमसार क्षेत्रको नियमित सरसफाई तथा संरक्षण गरिएको ३. वर्षातको पानी तथा अन्य स्रोतबाट खेर जाने पानी सङ्कलन गर्नका लागि पोखरीको निर्माण गरिएको |
| गाउँपालिका तह (आधारभूत) | १. खानेपानी तथा सरसफाइ सम्बन्धी नीति र सोको कार्यान्वयन | १.गाउँपालिकाको आधाभूत सरसफाइ तथा खानेपानी सम्बन्धी नीति तर्जुमा गरीगरी सोबमोजिम वार्षिक बजेट विनियोजन गरी कार्यान्वयन गर्ने गरिएको |
| २. प्लाष्टिक झोला प्रयोगमा निरुत्साहन | १. नेपाल सरकारले तोकेको मापदण्डभन्दा कम गुणस्तरको प्लाष्टिक झोलाको उत्पादन, विक्री, वितरण तथा प्रयोगमा रोक लगाइएको
२. प्लाष्टिक झोलाको सङ्कलन, विक्री व्यवस्थापन तथा सोको सट्टामा वैकल्पिक झोलाको प्रयोग सम्बन्धी नीति बनाई कार्यान्वयन गरेको |
|
| ३. प्रदूषण नियन्त्रण | १. घर भित्रको वायु प्रदूषण र त्यसले स्वास्थ्यमा पार्ने प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न सौर्य चूल्हो, विद्युतीय चूल्हो, सूधारिएको चूल्लो वा बायोग्यासको प्रयोगलाई प्रोत्साहन गरेको
२. नेपाल सरकारले निर्धारण गरेकोमापदण्डभन्दा बढी प्रदूषण गर्ने उद्योगलाई कारवाही र दण्डित गर्ने व्यवस्था गरिएको |
|
| गाउँपालिका तह (परिष्कृत सूचक) | १. खानेपानीको दिगो व्यवस्थापन | १. वर्तमान जनसंख्या, सडक सञ्जाल रबस्ती विकासको प्रवृत्ति विश्लेषण गरी खानेपानी आपूर्ति सम्बन्धी नीति तर्जुमा गरिएको
२. सम्भाव्य पानीको श्रोतहरु पहिचान तथा संरक्षण गरी लगत राखिएको |
| २. सरसफाई र फोहरमैला व्यवस्थापन | १. मापदण्ड बमोजिम फोहरमैलाको सङ्कलन, ढुवानी, तथा विसर्जनमा वातावरणमैत्री तरिका अवलम्बन गरिएको
२. आफ्नै वा अन्य गाउँपालिकार नगरपालिकासँगको सहकार्यमा फोहरमैला सङ्कलन तथा व्यवस्थापन केन्द्र बनाई सञ्चालन गरेको |
|
| ३. सार्वजनिक शौचालय | १.मुख्य बजार क्षेत्र, सार्वजनिक स्थल र प्रत्येक वडामा लैङ्गिक, अपाङ्ग तथा बालमैत्री सार्वजनिक शौचालय सञ्चालन भएको | |
| ४.प्लाष्टिक व्यवस्थापन बाट रोजगारी सृजना | १. हरेक वडामा प्लाष्टिकको पुनः प्रयोग सम्बन्धी तालिम दिएको
२. तालिम प्राप्त व्यक्तिलाई रोजगारीको निमित्त सहयोग वा प्रोत्साहन गर्ने गरेको |
|
| जिल्ला तह (आधारभूत) | १. प्लाष्टिक झोलामुक्त जिल्ला घोषणा | ३. जिल्लामा नेपाल सरकारले निर्धारण गरे बमोजिम ४० माइक्रोनभन्दा कम गुणस्तरको प्लाष्टिकको झोला निषेध गर्न जिल्ला सभाले निर्णय गरी आब्हान गरेको
४. प्लाष्टिकको झोलाको विकल्पमा वातावरणमैत्री झोला उत्पादन गर्न स्थानीय तहहरुलाई समन्वय र सहजीकरण गरिएको |
| १. स्यानीटरी ल्याण्डफिल साइट व्यवस्थापन | १.गाउँपालिका तथा नगरपालिकाको फोहरमैला व्यवस्थापनको लागि ल्याण्डफिल साइटको निमित्त जग्गा व्यवस्थापनमा समन्वय र सहजीकरण गरेको | |
| २. खुला दिसामुक्त अभियान | १.पूर्ण सरसफाई कार्यक्रमसञ्चालनको लागि स्थानीय तहहरुसँग समन्वय र सहजीकरण गरेको | |
| ३. खानेपानी व्यवस्थापन | १.जिल्लाभरको खानेपानीका स्रोत र वितरणसम्बन्धी व्यवस्थित अभिलेख जि.स.स.मा रहेको
२.खानेपानीको मुहानको संरक्षण सम्बन्धमा छलफल कार्य र समन्वयकारी भूमिका निभाएको |
|
| जिल्ला तह (परिष्कृत) | १. फोहरमैला व्यवस्थापनमा समन्वय | १.गाउँपालिका तथा नगरपालिकाहरुलाई संयुक्तरूपमा फोहर व्यवस्थापन गर्ने कार्यमासमन्वय र सहजीकरण गरेको |
| २.=खानेपानी व्यवस्थापन | ३. स्थानीय तहबाट प्राप्त विवरणका आधारमा जिल्लामा भएका खानेपानीका स्रोतहरुको संरक्षण र व्यवस्थापनका लागि रणनीति तयार गरेको
४. स्थानीय तहहरुबीचको खानेपानी मुहान सम्बन्धी विवाद समाधानका लागि समन्वय र सहजीकरण गरेको |
|
| ३. औद्योगिक प्रदूषण नियन्त्रण | १.उद्योग र अन्य व्यवसायबाट निश्कासन हुने विभिन्न प्रकारका प्रदूषण नियन्त्रण कार्यमा अनुगमन र समन्वय गरेको | |
| ४. ध्वनीतथा वायु प्रदूषण नियन्त्रण | १.ध्वनी तथा वायु प्रदूषण नियन्त्रण सम्बन्धी कार्यमा सरोकारवालाहरुसँग समन्वय गरेको |
१.२ भौतिक पूर्वाधार विकास, स्थानीय सडक, नबिकरणीय उर्जा र यातायात व्यवस्थापन (क) नगर क्षेत्र
| तह | मुख्य सूचकहरु | सूचकहरु | |
| घरपरिवार तह
(आधारभूत) |
१. उर्जाको उपयोग | १. घरभित्र उर्जा खपत कम गर्ने चिमको प्रयोग भएको,
२. स्वच्छ वैकल्पिक उर्जा (जस्तैः बायोग्यास, सोलार)को प्रयोग गरिएको। ३. खाना पकाउन दाउरा प्रयोग गरेको अवस्थामा धुवाँरहित सुधारिएको चुल्हो प्रयोग गरेको। |
|
| घरपरिवार तह
(परिष्कृत) |
१. स्वच्छ ऊर्जाको उपयोग, | १.विद्युत सेवा पुगेका घरमा खाना पकाउन विद्युतीय उर्जाको प्रयोग गरेको र विद्युत आपूर्ति नपुगेको घर वा विद्युत आपुर्ति नहुने समयमा विकल्पको रुपमा सौर्य ऊर्जा वा अन्य नविकरणीय उर्जा प्रयोग गर्ने गरेको। | |
| टोल तह | – | – | |
| वडा तह (आधारभूत) | – | – | |
| वडा तह(परिष्कृत) | १. सडक नालाको व्यवस्थापन | १. वडाका सबै सडकहरुमा बर्षात्को पानी निकास हुने कुलेसो वा नाली भएको
२. सडकको दायाँ बायाँ रहेको नाली नियमित सफा गरिएको ३. सडक किनारामा रहेका विजुलीको पोल तथा तार व्यवस्थित भएको। |
|
| नगरपालिका तह (आधारभूत) | – | – | |
| नगरपालिका तह (परिष्कृत) | १. सडक मापदण्ड निर्धारण र कार्यान्वयन | १. नगरभित्रका सबै सडकको मापदण्ड निर्धारण गरिएको
२. सडक मापदण्ड विपरित निर्माण भएका संरचना नियमित रूपमा भत्काउने गरिएको ३. नगरका मुख्य सडकहरुमा साईकल लेनको व्यवस्था भएको। |
|
| २. नवीकरणीय उर्जा उत्पादन, उपयोग तथाउर्जा किफायती प्रविधिको विकास | १. नगरभित्र उत्सर्जीत फोहरबाट बायोग्यास उत्पादन गर्न नगरपालिका आफैले सुरु गरेको वा नगरपालिकाबाट आर्थिक तथा प्राविधिक सहयोग भएको
२. नगर भित्रका सबै मूल सडकहरू तथा अन्य सार्वजनिक स्थानहरुमा सडक बत्तीको व्यवस्था गरेको र सम्भव भएसम्म सोलार बत्तीको प्रयोग भएको |
||
| ३. वैकल्पिक उर्जाको रुपमा सौर्य उर्जाको प्रयोग | १.नगरपालिका भित्रका सम्पूर्ण सार्वजनिक सेवाका कार्यालय, विद्यालय तथा सडक क्षेत्रमा वैकल्पिक उर्जाको रुपमा सौर्य उर्जाको प्रयोग भएको र नेपाल सरकारबाट सौर्य उर्जा प्रयोगको प्रोत्साहनको लागि तोके बमोजिमको सहुलियत नगर सभाबाट पारित भई कार्यान्वयनमा आएको | ||
| जिल्ला तह (आधारभूत) | १. सडक व्यवस्थापन | १.जिल्लाभित्र निर्माण हुने सडकहरुको वातावरणीय अध्ययन स्वीकृत भए नभएको र स्वीकृत वातावरणीय व्यवस्थापन योजना कार्यान्वयन भए नभएको नियमित अनुगमन गरेको | |
(ख) गाउँपालिका क्षेत्र
| तह | मुख्य सूचकहरु | सूचकहरु | |
| घरपरिवार तह
(आधारभूत) |
१. स्वच्छ उर्जाको उपयोग | १. कम बिजुली खपत हुने चिम तथा नविकरणीय उर्जाको प्रयोग भएको | |
| घरपरिवार तह
(परिष्कृत) |
१. वैकल्पिक ऊर्जाको प्रयोग | १. खाना पकाउन सौर्य चुल्हो वा विधुतीय चूल्हो वा वायोग्यासजस्ता नवीकरणीय ऊर्जाको प्रयोग गरिएको
२. बिजुली नपुगेका घरमा बत्ती बाल्न नवीकरणीय ऊर्जाको प्रयोग गरिएको |
|
| वडा तह (आधारभूत) | २. सडक मापदण्ड | १. वडा क्षेत्रमा भएका सबै स्थानीय सडकको सडक अधिकार क्षेत्र (Right of Way) सहितको लगत भएको
२. वडाभित्रका सडकको नियमित सरसफाई गर्ने गरिएको |
|
| वडा तह(परिष्कृत) | १. सडक तथा नालाको व्यवस्थापन | १. वडाका सबै सडकहरूमा वर्षातको पानी निकास हुने कुलेसो÷नाली भएको
२. वडाका सडक नालाको नियमित रुपमा सरसफाई गर्ने गरिएको। |
|
| गाउँपालिका तह (आधारभूत) | १. सुधारिएको चुलोको व्यवस्थित प्रयोग | १.सुधारिएको चुलोको प्रयोगलाई प्रोत्साहन गर्न प्रत्येक वडामा यस्तो चुल्हो बनाउने तथा मर्मत–सम्भार गर्ने तालिम दिएको | |
| २. विद्युतको व्यवस्थित र मितव्ययी उपयोग | १. विद्युत नपुगेका र छरिएर रहेका बस्तीहरुमा बिजुलीको सट्टा नवीकरणीय ऊर्जा उपयोगलाई प्रोत्साहित गरेको
२. विद्युत पुगेका घरमा कम ऊर्जा खपत गर्ने चीम प्रयोगलाई प्रवर्द्धन र प्रोत्साहन गरिएको |
||
| ३. भारी उपकरण प्रयोग | १.सडक निर्माणमा डोजर÷स्काभेटर जस्ता भारी उपकरणको प्रयोग सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गरेको | ||
| ४. सडक सीमा निर्धारण | १.गाउँपालिका क्षेत्र भित्रका सबै स्थानीय सडकको सडक क्षेत्राधिकार (Right of Way) निर्धारण गरेको | ||
| गाउँपालिका तह (परिष्कृत) | १ नवीकरणीय उर्जा उत्पादन र उपयोग गर्न प्रोत्साहन | १. गाउँपालिकाले नवीकरणीय उर्जा उत्पादन तथा प्रयोग गर्न सहुलियत-प्रोत्साहन उपलब्ध गराएको
२. अधिकांश घर–परिवारले खाना बनाउन दाउरा तथा गुइँठाको सट्टा नवीकरणीय वा स्वच्छ ऊर्जाको प्रयोग गरेको |
|
| २. स्थानीय सडक संरक्षण तथा व्यवस्थापन | १. निर्माण भएका सबै सडकको सडक क्षेत्राधिकार निर्धारण गरी ठाउँठाउँमा सङ्केत चिन्ह राखिएको
२. सडक सीमाभित्रको खाली जग्गामा समुदायलाई परिचालन गरी उपयुक्त जातका रुख बिरुवा रोपिएको ३. सडकको मर्मत संभारका लागि मर्मत सम्भार कोष स्थापना गरी नियमित मर्मत सम्भार गर्ने गरिएको |
||
| जिल्ला तह (आधारभूत) | १. सडक व्यवस्थापन | १.जिल्लाभित्र निर्माण हुने सडकहरुको वातावरणीय अध्ययन स्वीकृत भए नभएको र स्वीकृत वातावरणीय व्यवस्थापन योजना कार्यान्वयन भए नभएको नियमित अनुगमन गरेको | |
१.३ वन, वातावरण र भूसंरक्षण
(क) नगर क्षेत्र
| तह | मुख्य सूचकहरु | सूचकहरु |
| घरपरिवार तह | – | – |
| टोल तह | – | – |
| वडा तह (आधारभूत) | १. ताल, पोखरी तथा सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन | १.टोल तथा वडाभित्रका सबै ताल, पोखरी तथा सिमसार क्षेत्रको लगत कायम गरी सबै ताल, पोखरी तथा सिमसार क्षेत्रको संरक्षणका लागि समिति गठन गरी संरक्षण कार्यक्रम सञ्चालन गरिएको |
| २. वन संरक्षण तथा दिगो व्यवस्थापन | १.वडाको भूगोल भित्र रहेको वनको विस्तृत लगत राखेको र वडा भित्र क्रियाशील वन उपभोक्ता समितिसँग सहकार्य गरेको। | |
| ३. पर्ती जमिनको व्यवस्थापन तथा हरियाली प्रवर्द्धन | १.पर्ती वा सरकारी वा सार्वजनिक जग्गाको नक्सा÷विवरण सहितको लगत राखिएको र त्यस्ता जग्गामा वृक्षरोपण गरी संरक्षण गरेको। | |
| वडा तह (परिष्कृत) | १. वन संरक्षण तथा व्यवस्थापन | १.वडाको भूगोल भित्र रहेको वनको विस्तृत लगत राखेको र वडा भित्र क्रियाशील वन उपभोक्ता संस्था तथा सम्बन्धीत वन कार्यालयको सहकार्यमा दिगो वन व्यस्थापनको कार्यक्रम सञ्चालन गरेको |
| २. पर्ती वा सार्वजनिक वा सरकारी जग्गामा वृक्षारोपण तथा उद्यान व्यवस्थापन | १. वडा क्षेत्रको हालको पर्ती वा सार्वजनिक वा सरकारी जग्गामा बार्षिक रुपमा रुख÷डाले घाँस÷फलफूलका बिरुवा रोपी हुर्काएको
२. वडाभित्रको सबै सरकारी तथा सार्वजनिक जग्गाको नक्सा र लगत सहितको विवरण राखिएको ३. वडाभित्रका पर्ती, ऐलानी र सार्वजनिक जग्गामा बाल क्रिडास्थल, उद्यान वा खेलकूद स्थान वा जेष्ठ नागरिक विश्राम स्थलको व्यवस्था गरिएको। |
|
| नगरपालिका तह
(आधारभूत) |
१. हरियाली प्रबर्द्धन तथा पार्कको सञ्चालन | १. नगरको सडक क्षेत्र, सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरि वृक्षरोपण गरिएको
२. नगरभित्र भएका वनको क्षेत्रगत लगत राखी विभिन्न समुदायस्तरीय वा नगरस्तरीय समिति मार्फत त्यसको उचित संरक्षण गरेको र आवश्यकता अनुसार सम्बन्धित वन कार्यालयसँग समन्वय गरेको ३. नगरबासीलाई पायक पर्ने स्थानमा जेष्ठ नागरिक विश्राम स्थल, मनोरञ्जन पार्क वा उद्यान निर्माण गरी सञ्चालनमा ल्याइएको। |
| नगरपालिका तह
(परिष्कृत) |
१. समुदाय तथा विद्यालयमा वातावरणीय शिक्षा | १. विद्यालयको वार्षिक कार्यतालिकामा महिनामा कम्तीमा एकपटक वातावरण सम्बन्धी अतिरिक्त क्रियाकलाप गर्ने गरी व्यवस्था भएको
२. नगरपालिका आफैँ वा सरोकारवालाहरुको सहकार्यमा वातावरण सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु गरेको |
| २. वन संरक्षण तथा हरियाली प्रर्वधन | १. नगर क्षेत्र भित्र रहेका वनको उचित संरक्षण तथा त्यसको दिगो व्यवस्थापनको लागि आवश्यक नीति निर्माण भएको
२. सडक किनारा वा पैदल मार्गमा टोल÷बस्तीलाई परिचालन गरी उपयुक्त प्रजातिका बोटबिरुवा तथा बहुवर्षीय फूलहरु लगाएको ३. सार्वजनिक, पर्ती जग्गा, नदीनाला किनाराहरू, खोला उकासको क्षेत्रफलमध्ये वार्षिक दश प्रतिशतका दरले वृक्षरोपण गरी संरक्षण गरेको। ४. भू–क्षय, पहिरो तथा बाढीको जोखिमयुक्त स्थानहरूको पहिचानका आधारमा संरक्षणका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरेको। |
|
| ३. जैविक विविधताको संरक्षण | १. शहरी वनलाई जैविक विविधतामैत्री संरक्षण र सम्वर्द्धनको लागि नीति र कार्ययोजना बनाई कार्यान्वयन गरेको।
२. नगरक्षेत्रमा कम्तीमा एउटा जैविक विविधतायुक्त पार्क सञ्चालनमा रहेको। |
|
| ४. वातावरणजन्य क्षतिपूर्ति | १. वातावरण प्रदुषकले क्षतिपूर्ति व्यहोर्ने सिद्धान्तको आधारमा पीडितलाई उपयुक्त क्षतिपूर्ति भराई दिने व्यवस्था मिलाएको
२. सङ्घीय सरकारले जारी गरेको कानून तथा मापदण्ड अनुरुप स्थानीय क्षेत्राधिकार भित्र रहेका ढुङ्गा, गिट्टि, बालुवा तथा माटोको उत्खनन, सङ्कलन, उपयोग, बिक्रि तथा वितरण सम्बन्धी व्यवस्था भएको |
|
| जिल्ला तह (आधारभूत) | १. वन संरक्षण तथा दिगो व्यवस्थापन | १.जिल्ला भित्रका वनहरुको दिगो व्यवस्थापनको लागि नेपाल सरकार,प्रदेश सरकार, गाउँपालिका नगरपालिका, वन उपभोक्ता समिति, वन कार्यालयसँग समन्वय र सहजीकरण गर्ने गरेको |
| २. जैविक विविधता | १.दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु र वनस्पतिको संरक्षण सम्बन्धमा स्थानीय योजना बनाउन सहजीकरण गरेको | |
| ३. जलाधार | १.नदी,ताल, पोखरी र सिमसार क्षेत्रको संरक्षण र विकासको लागि एकीकृत जलाधार व्यवस्थापन तथा जलवायु अनुकूलन योजना बनाउन सहजीकरण गरेको | |
| जिल्ला तह
(परिष्कृत) |
१. वातावरण सम्बन्धी नीति तथा कानूनको स्थानीयकरण | १.स्वच्छ तथा स्वस्थ वातावरण कायम गर्न बनेका राष्ट्रिय नीति, रणनीति तथा कानुन स्थानीयकरण गर्न सहजीकरण गरेको |
| २. वातावरणीय न्याय | १. प्राकृतिक स्रोतको दिगो विकास र संरक्षणको लागि समन्वय र सहजीकरण गरेको
२. ढुङ्गा, गिट्टि, बालुवा तथा माटोको उत्खनन, सङ्कलन, उपयोग, बिक्रि तथा वितरण सम्बन्धी सङ्घीय कानून र मापदण्ड कार्यान्वयनको नियमित अनुगमन गरेको |
(ख) गाउँपालिका क्षेत्र
| तह | मुख्य सूचकहरु | सूचकहरु |
| घरपरिवार तह | – | – |
| टोल तह | – | – |
| वडा तह (आधारभूत) | – | – |
| वडा तह (परिष्कृत) | १. वडा भित्रको खाली–पर्ती जग्गाको संरक्षण | १. वडाभित्रको सरकारी, सार्वजनिक तथा खाली पर्ती जग्गाको नक्सा सहितको अभिलेख राखी संरक्षण गरिएको
२. वन कार्यालयसँग समन्वय गरी वडाभित्रको वन क्षेत्रको लगत राख्ने तथा समुदाय मार्फत उचित संरक्षण गरेको ३. वडाभित्रको खाली पर्ती जग्गामा रुख÷डालेघॉस÷फलफूलका बिरुवा रोपी हुर्काइएको र सोको अभिलेख राखिएको |
| गाउँपालिका तह
(आधारभूत) |
१. वन तथा जैविक विविधताको संरक्षण | १. गाउँ पालिकाको क्षेत्राधिकारभित्र भएको वन तथा जलाधार क्षेत्रको लगत राखी समुदायस्तरका समिति मार्फत उचित संरक्षण गरेको,
२. दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु र वनस्पतिको संरक्षणका लागि स्थानीय कानून वा रणनीति तर्जुमा गरी कार्यान्वयनमा ल्याएको |
| २. खालीपर्ती जग्गाको व्यवस्थापन तथा हरियाली प्रवर्द्धन | १. गाउँपालिका भित्रको वनक्षेत्रको क्षेत्रफल खुलेको लगत राखेको
२. खाली पर्ती जग्गा, सरकारी वा सार्वजनिक जग्गाको नक्सा र विवरण सहितको लगत राखिएको र त्यस्ता जग्गामा हरियाली प्रवर्द्धन र जैविक विविधता संरक्षणका कामहरु भएको |
|
| ३. वातावरणीय सचेतना | १. गाउँपालिका क्षेत्रका विद्यालयमा जलवायु तथा वातावरणीयशिक्षा सम्बन्धी अतिरिक्त क्रियाकलाप सञ्चालन गरेको
२. सरोकारवाला निकाय समेतको सहयोगमा समुदाय तहमा वातावरण सम्बन्धी जनचेतनामूलक क्रियाकलापहरु नियमित सञ्चालन गरेको |
|
| गाउँपालिका तह
(परिष्कृत) |
१. वातावरणीय शिक्षा | १.सबै तहका विद्यालयहरूले कम्तीमा महिनामा एक पटक वातावरण संरक्षणसँग सम्बन्धित विषयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरी वार्षकि क्यालेण्डरमा नै उल्लेख गरिएको |
| २. वन संरक्षण तथा हरियाली प्रवर्द्धन | १. गाउँ क्षेत्रभित्र रहेका वनको उचित संरक्षण तथा दिगो व्यवस्थापनको लागि नीति निर्माण गरी कार्यन्वयन भएको
२. सडक दायाँ बायाँ, खाली पर्ती र सरकारी÷सार्वजनिक जग्गामा समुदाय परिचालन गरी उपयुक्त प्रजातिका बोटबिरुवा तथा बहुवर्षिय फलफूलहरु लगाएको |
|
| ३. जैविक विविधता संरक्षण | १.दिगो वन व्यवस्थापनलाई अवलम्बन गर्दै त्यस क्षेत्रको जैविक विविधता संरक्षणको लागि नीतिगत व्यवस्था गरी कार्यान्वयन गरेको | |
| ४. भू–संरक्षण | १. सबै सार्वजनिक, खालीपर्ती बाँझो जग्गा तथा नदीनाला र खोल्साका किनाराहरूमा वृक्षारोपण गरी संरक्षण गरिएको
२. भू–क्षय, बाढी तथा पहिरो सम्भाव्य स्थानहरूमा भूसंरक्षणका उपायहरू अवलम्बन गरिएको |
|
| ५. वातावरण संरक्षणको लागि आवश्यक संरचनाको विकास | १. वातावरण तथा विपद् व्यवस्थापन शाखा गठन भई क्रियाशील रहेको
२. वातावरण संरक्षणका लागि नीति तथा कानून जारी भएको |
|
| ६. वातावरणीय न्याय | १. पीडितलाई वातावरण प्रदूषकबाट उपयुक्त क्षतिपूर्ति भराइदिने व्यवस्था मिलाएको
२. ढुङ्गा, गिट्टि, बालुवा तथा माटोको उत्खनन, सङ्कलन, उपयोग, बिक्रि तथा व्यवस्थापन सम्बन्धी नेपाल सरकारले जारी गरेको मापदण्ड कार्यान्वयन भएको |
|
| जिल्ला तह (आधारभूत) | १. वन संरक्षण तथा दिगो व्यवस्थापन | १.जिल्ला भित्रका वनहरुको दिगो व्यवस्थापनको लागि नेपाल सरकार,प्रदेश सरकार, गाउँपालिका नगरपालिका, वन उपभोक्ता समिति, वन कार्यालयसँग समन्वय र सहजीकरण गर्ने गरेको |
| २. जैविक विविधता | १.दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु र वनस्पतिको संरक्षण सम्बन्धमा स्थानीय योजना बनाउन सहजीकरण गरेको | |
| ३. जलाधार | १.नदी,ताल, पोखरी र सिमसार क्षेत्रको संरक्षण र विकासको लागि एकीकृत जलाधार व्यवस्थापन तथा जलवायु अनुकूलन योजना बनाउन सहजीकरण गरेको | |
| जिल्ला तह
(परिष्कृत) |
१. वातावरण सम्बन्धी नीति तथा कानूनको स्थानीयकरण | १.स्वच्छ तथा स्वस्थ वातावरण कायम गर्न बनेका राष्ट्रिय नीति, रणनीति तथा कानुन स्थानीयकरण गर्न सहजीकरण गरेको |
| २. वातावरणीय न्याय | ३. प्राकृतिक स्रोतको दिगो विकास र संरक्षणको लागि समन्वय र सहजीकरण गरेको
४. ढुङ्गा, गिट्टि, बालुवा तथा माटोको उत्खनन, सङ्कलन, उपयोग, बिक्रि तथा वितरण सम्बन्धी सङ्घीय कानून र मापदण्ड कार्यान्वयनको नियमित अनुगमन गरेको |
१.४ भवन मापदण्ड, भूउपयोग, तथा व्यवस्थापन
(क) नगर क्षेत्र
| तह | मुख्य सूचकहरु | सूचकहरु | |
| घरपरिवार तह
(आधारभूत) |
– | – | |
| घरपरिवार तह
(परिष्कृत) |
१. सुरक्षित भवन निर्माण | १. घर निर्माण गर्दा भवन निर्माण संहिताको पालना गरी भुकम्प प्रतिरोधी प्रविधि अवलम्बन गरेको,
२. भवन निर्माण संहिता पालना नगरी बनाएको घरको प्रवलीकरण (Retrofitting) गरेको |
|
| टोल तह (आधारभूत) | – | – | |
| टोल तह (परिष्कृत) | – | – | |
| वडा तह (आधारभूत) | – | – | |
| वडा तह
(परिष्कृत ) |
– | – | |
| नगरपालिका तह (आधारभूत) | १. जोखिम संवेदनशिल भूउपयोग योजना | १. नेपाल सरकारको नीति अनुरुप नगरको जोखिम संवेदनशिल भूउपयोग योजना तयार गरिएको।
२. प्राकृतिक स्रोतको दिगो र एकीकृत व्यवस्थापनका लागि भौतिक पूर्वाधारको निर्माण गर्दा वातावरणमैत्री संरचना निमार्णलाई प्राथमिकता दिने गरेको। ३. नगपालिकाभित्र सञ्चालन हुने आयोजनाहरुको वातावरणीय अध्ययन गर्ने गरेको। |
|
| २= शहरी बसोवास | १= सहरी योजना, बस्ती विकास र पूर्वाधार निर्माणका लागि आधारभूत मापदण्ड निर्धारण गरिएको।
२= सहरी योजना, बस्ती विकास र पूर्वाधार निर्माणका लागि आधारभूत मापदण्ड कार्यान्वयन गरेको। |
||
| ३. भवन संहिताको पालना | १. नगरक्षेत्रमा भवन निर्माण गर्दा राष्ट्रिय भवन संहिता अनुकुल स्थानीय भवन संहिता र मापदण्ड तयार भएको
२. भवन निर्माण गर्दा भवन निर्माण संहिता र मापदण्ड अनिवार्य गर्ने गरिएको ३. नक्सा पास सम्बन्धी स्थानीय मापदण्डलाई भवन निर्माण संहितासँग आबद्ध गरिएको |
||
| जिल्ला तह | – | – | |
(ख) गाउँपालिका क्षेत्र
| तह | मुख्य सूचकहरु | सूचकहरु | |
| घरपरिवार तह
(आधारभूत) |
– | – | |
| घरपरिवार तह
(परिष्कृत) |
१. सुरक्षित भवन निर्माण | १. घर निर्माण गर्दा भवन निर्माण संहिताको पालना गरी भुकम्प प्रतिरोधी प्रविधि अवलम्बन गरेको,
२. भवन निर्माण संहिता पालना नगरी बनाएको घरको प्रवलीकरण (Retrofitting) गरेको |
|
| टोल तह (आधारभूत) | – | – | |
| टोल तह (परिष्कृत) | – | – | |
| वडा तह (आधारभूत) | – | – | |
| वडा तह
(परिष्कृत ) |
– | – | |
| गाउँपालिका तह (आधारभूत) | १. भवन निर्माण संहिता कार्यान्वयन | १.गाउँपालिका क्षेत्रमा बन्ने सबै सार्वजनिक भवनहरु निर्माण गर्दा भवन निर्माण संहिता पालना हुने गरेको | |
| गाउँपालिका तह (परिष्कृत) | १. भू– उपयोग योजना कार्यान्वयन तथा ग्रामीण बस्तीको विकास | १. विपद् सम्वेदनशील भू–उपयोग योजना तर्जुमा गरी कार्यान्वयन गरेको
२. हरित ग्रामीण बस्ती विकास सम्बन्धी अवधारणाको प्रवर्द्धन गरिएको |
|
| जिल्ला तह | – | – | |
१.५ जलवायु परिवर्तन, विपद व्यवस्थापन, जलवायु सहनशील कृषि (Climate Resilient Agriculture), खाद्य सुरक्षा
(क) नगर क्षेत्र
| तह | मुख्य सूचकहरु | सूचकहरु | |
| घरपरिवार तह | – | – | |
| टोल तह | – | – | |
| वडा तह (आधारभूत) | १. विपद् व्यवस्थापन सम्बन्धी आधारभूत क्षमता, विस्तृत अध्ययन तथा आपत्कालीन सुरक्षित क्षेत्र | १. जलवायु परिवर्तन सम्बन्धी आधारभूत ज्ञान सिप तथा क्षमताको विकासका लागि समुदाय तहमा अनुशिक्षण कार्यक्रम सञ्चालन भएको।
२. वडागत रुपमा विपद्जोखिम संकटासन्नता तथा क्षमता मुल्याङ्कन गरी प्रतिवेदन तयार भएको। ३. विपदको अवस्थामा तत्काल उद्धारका लागि सुरक्षित स्थल (खुला क्षेत्र) निर्धारण गरी सोको संकेत प्रयोग गरिएको। ४. विपद् जोखिम न्यूनीकरणको लागि वडास्तरीय स्वयम्सेवकहरुको समूह बनाई परिचालन गरेको। |
|
| वडा तह (परिष्कृत) | १. वडा विपद तथा जलवायु उत्थानशील समिति गठन र क्षमता विकास | १. वडास्तरमा सामुदायिक विपद् तथा जलवायु उत्थानशील समिति गठन भएको।
२. वडामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धमा स्थानीय युवाक्लब, आमा समूह, वन उपभोक्ता समिति, टोल विकास÷टोल सुधार समिति जस्ता सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरुलाई समेटी जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण विषयमा सचेतना कार्यक्रम सञ्चालन गरेको र वडाका कम्तीमा दश प्रतिशत घरपरिवारका सदस्यहरुलाई जलवायु परिवर्तन तथा विपद् जोखिमबारे तालिम दिइएको। ३. विपद् प्रतिकार्यको लागि वडास्तरीय स्वयंसेवकहरुको समूह बनाई तालिम दिइएको र आवश्यकता अनुसार परिचालन गरेको |
|
| २. प्राङ्गारिक विधिको कृषिलाई प्रोत्साहन | १.वडाका कृषकहरुलाई वाली विविधिकरण, कृषि जैविक विविधता संरक्षण, एकीकृत शत्रुजीव व्यवस्थापन र प्राङ्गारिक विधिमा आधारित खेती बारे तालिम प्रदान गरेको। | ||
| ३. प्राङ्गारिक खेती प्रणालीको अवलम्बन | १. वडाका तालिम प्राप्त व्यावसायिक कृषकहरुले जैविक, वनस्पतिजन्य विषादीको प्रयोग गरी खेतीपाती गरेको
२. वडाका सबै कृषकहरुले प्राङ्गारिक मलको प्रयोग गर्ने गरेको |
||
| नगरपालिका तह (आधारभूत) | १. विपद् व्यवस्थापन समितिको सक्रियता र कोष व्यवस्थापन | १. नगरस्तरमा स्थानीय विपद् तथा जलवायु उत्थानशील समिति गठनगरिएको
२. स्थानीय विपद् जोखिम न्यूनीकरण तथा जलवायु अनुकुलन सम्बन्धी कानून पारित गरिएको ३. स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा भई नगर सभाबाट स्वीकृत गरिएको ४. योजना कार्यान्वयनको लागि नगरपालिकाले जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति, विषयगत कार्यालय, नेपाल रेडक्रस सोसाइटी, नीजि क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा दातृ निकाय समेतको समन्वय र सहयोगमा बजेटको व्यवस्था तथा परिचालन गरेको ४. विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जलवायु परिवर्तन अनुकुलनमा उचित ज्ञान सिप र क्षमता सहितको महाशाखा/शाखा/ईकाइ तथा कर्मचारीको व्यवस्था भएको |
|
| नगरपालिका तह (परिष्कृत) | १. वाली विविधिकरण तथा जलवायु मैत्री एकिकृत कृषि प्रणालीको विकास | १. कृषि उत्पादन वृद्धिको लागि जलवायु मैत्री एकिकृत कृषि प्रणालीको विकास गर्दै बाली पोषकतत्व र एकिकृत कीट (शत्रुजीव) व्यवस्थापन कार्य भएको
२. सुख्खा तथा बढि पानी जम्ने क्षेत्रहरुको निम्ति उपयुक्त हुने बालिहरुको पहिचान तथा प्रबर्धनको लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने गरेको ३. कृषि पेशालाई प्रोत्साहन नगरक्षेत्र भित्र विभिन्न कार्यव्रmमहरुको सञ्चालन गरेको |
|
| २. विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन | १. जलवायु परिवर्तन तथा विपद् जोखिमका दृष्टिले बढी संवेदनशिल स्थानहरू र प्राकृतिक तथा सांस्कृतिक सम्पदाको पहिचान गरी वडागत नक्साङ्कन गरिएको
२. जोखिम पहिचान गरिएका ठाउँहरुमापूर्वाधार निर्माणमा रोक लगायएको। ३. बहुक्षेत्र जोखिमको पूर्वतयारी गरिएको । ४. स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना अनुरुप वार्षिक कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याएको |
||
| ३. जलवायु परिवर्तन, वातावरण तथा विपद् व्यवस्थापन हेर्ने संस्थागत संरचनाको व्यवस्था | १.जलवायु परिवर्तन, वातावरण तथा विपद व्यवस्थापनका लागि नगरपालिकामा महाशाखा/ शाखा/इकाईको स्थापना भई कार्यान्वयनमा आएको | ||
| ४. खोज तथा अनुसन्धान | १.नेपाल सरकार, प्रदेश सरकार तथा सम्बन्धित निकायको सहयोग तथा सहकार्यमा जलवायू परिवर्तनको विषयगत क्षेत्रहरुमा आधारित खोज, अनुसन्धान तथा तथ्याङ्कको अद्यावधिक गरेको | ||
| जिल्ला तह (आधारभूत) | १. जलवायु परिवर्तन अनुकूलन र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन | १. गाउँपालिका र नगरपालिकामा तर्जुमा भएको स्थानीय विपद तथा जलवायु उत्थानशील योजनाको कार्यान्वयनको लागि समन्वय र सहजीकरण गरेको
२. गाउँपालिका र नगरपालिकाले सञ्चालन गरेका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्वन्धी कार्यहरुको अनुगमन गरी सुझाव दिएको |
|
| जिल्ला तह (परिष्कृत) | १. जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र प्राकृतिक स्रोतको संरक्षण | १. स्थानीय तहको आवधिक एवम् वार्षिक योजनामा जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजना समावेश भए नभएको अनुगमन गरी कार्यान्वयनमा सहजीकरण गरेको
२. विपद् पछि तत्काल उद्धार गरी राख्न सुरक्षित स्थल निर्धारण गर्न सहजीकरण गरेको |
|
| २. जलवायु परिवर्तन अनुकूलनको लागि क्षमता विकासमा सहजीकरण | १.स्थानीय तहको सहकार्यमा जलवायु परिवर्तन सम्बन्धी जनचेतना अभिवृद्धि, क्षमता अभिवृद्धि र हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणको प्रविधि विकास जस्ता विषयमा समन्वय र सहजीकरण गरेको | ||
(ख) गाउँपालिका क्षेत्र
| तह | मुख्य सूचकहरु | सूचकहरु | |
| घरपरिवार तह(आधारभूत) | १. प्राङ्गारिक खेतीतर्फ उन्मुख | १. करेसाबारी तथा खेतबारीमा रासायनिक मलको प्रयोग कम गर्दै गोबरमल वा प्राङ्गारिक मलको प्रयोग गर्ने गरिएको
२. रासायनिक किटनाशक औषधीको सट्टा जैविक तथा वानस्पतिक औषधीको प्रयोग गर्न थालिएको |
|
| घरपरिवार तह(परिष्कृत) | |||
| वडा तह (आधारभूत) | १. जलवायु परिवर्तन अनुकुलन तथा विपद् व्यवस्थापनमा क्षमता अभिवृद्धि र आपतकालीन सुरक्षित क्षेत्र निर्धारण | १. वडास्तरीय विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन सम्बन्धी समिति गठन गरिएको
२. जलवायु परिवर्तन अनुकुलन तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धी विषयमा ज्ञान सिप तथा क्षमता विकासका कार्यक्रमहरु सञ्चालन भएको ३. विपद्को अवस्थामा तत्काल उद्धारका लागि सुरक्षित आश्रयस्थल वा खुल्ला क्षेत्र निर्धारण गरिएको ४. जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका लागि आधारभूत तालिम प्राप्त स्वयंसेवक टोली गठन गरिएको |
|
| वडा तह (आधारभूत) | १. विपद् व्यवस्थापन सम्बन्धी आधारभूत क्षमता, विस्तृत अध्ययन तथा आपत्कालीन सुरक्षित क्षेत्र | १. जलवायु परिवर्तन सम्बन्धी आधारभूत ज्ञान सिप तथा क्षमताको विकासका लागि समुदाय तहमा अनुशिक्षण कार्यक्रम सञ्चालन भएको।
२. वडागत रुपमा विपद्जोखिम संकटासन्नता तथा क्षमता मुल्याङ्कन गरी प्रतिवेदन तयार भएको। ३. विपदको अवस्थामा तत्काल उद्धारका लागि सुरक्षित स्थल (खुला क्षेत्र) निर्धारण गरी सोको संकेत प्रयोग गरिएको। ४. विपद् जोखिम न्यूनीकरणको लागि वडास्तरीय स्वयम्सेवकहरुको समूह बनाई परिचालन गरेको। |
|
| वडा तह (परिष्कृत) | १. एकीकृत कृषि प्रणालीलाई प्रोत्साहन | १. वडाका कृषकहरुलाई वाली विविधिकरण, कृषि जैविक विविधता संरक्षण, एकीकृत शत्रुजीव व्यवस्थापन र प्राङ्गारिक खेती बारे तालिमको व्यवस्था गरेको | |
| २. उच्च जोखिम–स्थलहरूको पहिचान | १. विपद् जोखिम नक्साङ्कन गरिएको
२. वडाभित्रको जोखिमयुक्त वस्तिहरुको पहिचान गरी लगत राखिएको ३. समुदाय तहमा जलवायु परिवर्तन अनुकुलनका क्रियाकलाप कार्यान्वयन भएको |
||
| ३. प्राङ्गारिक खेती प्रणालीको अवलम्बन | १. रैथाने वा मौलिक तथा माटो सुहाँउदो बीउ विजनको प्रयोगमा प्रोत्साहन गर्ने गरिएको
२. वडाका तालिम प्राप्त सबै कृषकहरूले रासायनिक मल तथा विषादिको सट्टा प्राड्गारिक मल तथा जैविक, वनस्पतिजन्य किटनाशक औषधिको प्रयोग गर्ने गरेको |
||
| गाउँपालिका तह (आधारभूत) | १. स्थानीय विपद् तथा जलवायु उत्थानशील समिति गठनर क्रियाशीलता | १. जलवायु परिवर्तन अनुकुलन तथा विपद् व्यवस्थापनको क्षेत्रमा ज्ञान,सीप तथा क्षमता विकासका कार्यव्रmमहरु सञ्चालन भएका
२. गाउँपालिका स्तरमा विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील समिति गठन भएको ३. गाउँपालिका स्तरमा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका लागि तालिम दिनसक्ने जनशक्तिको विकास भएको ४. गाउँपालिका क्षेत्रमा जोखिम सम्वेदनशील स्थानहरुको पहिचान गरी ती स्थानहरुमा निजी संरचना निर्माणमा रोक लगाएको ५. विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गरिएको |
|
| २. व्यावसायिक कृषि प्रणालीको प्रवर्द्धन | १. उत्पादित कृषि उपज बजारमा पु¥याउन गाउँपालिकामा सङ्कलन केन्द्रहरुको स्थापना गरिएको
२. व्यावसायिक कृषि खेतीमा लाग्न चाहने कृषकलाई गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग दिने गरेको ३. व्यवसायिक कृषि प्रणालीको प्रवर्द्धन गर्न दक्ष जनशक्तिको परिचालन भएको |
||
| ३. जलवायू परिवर्तनमैत्री कृषि प्रणालीको विकास तथा प्रवर्द्धन | १.जलवायुमैत्री खेती प्रणाली सम्बन्धी परम्परागत ज्ञान, सीप र अभ्यास एवम् नवीनतम प्रविधिको विकास तथा प्रवर्द्धनका लागि कृषकहरुलाई अवलोकन भ्रमण तथा तालिमको व्यवस्था गरेको | ||
| गाउँपालिका तह (परिष्कृत) | १. व्यावसायिक खेतीलाई प्रोत्साहन | १. “एक गाउँ एक उत्पादन” अन्तर्गत आफ्नो गाउँमा सम्भाव्य देखिएको तरकारी, फलपूmल, पुष्प, अन्नबाली, मसला बाली, नगदे बाली, मत्स्यपालन तथा पशुपंक्षी पालन मध्ये कुनै एक उत्पादनलाई व्यावसायिक रुपमा अघि बढाएको | |
| २. वाली विविधिकरण तथा जलवायु मैत्री एकिकृत कृषि प्रणालीको विकास | १. कृषि उत्पादनको वृद्धिका लागि जलवायु मैत्री एकिकृत कृषि प्रणालीको विकास गर्दै बाली पोषक तत्व र एकिकृत कीट (शत्रुजीव) व्यवस्थापन कार्य भएको
२. सुख्खा तथा डुवान हुने क्षेत्रहरुको निम्ति उपयुक्त हुने बालीको पहिचान तथा प्रबर्द्धनका लागि नेपाल सरकार वा प्रदेश सरकारका सम्बन्धित निकायसँग सहकार्य गरेको |
||
| १. स्थानीय विपद् तथा जलवायु उत्थानशील समितिको क्रियाशीलता | १. गाउँ‘पालिका स्तरको स्थानीय विपद तथा जलवायु उत्थानशील योजना तर्जुमाभई कार्यान्वयन भएको
२. जलवायु परिवर्तन अनुकुलन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको लागि सरकारी तथा गैरसरकारी एवम् निजी क्षेत्रबीच समन्वय र सहकार्य हुने गरेकोे |
||
| जिल्ला तह (आधारभूत) | १. जलवायु परिवर्तन अनुकूलन र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन | ३. गाउँपालिका र नगरपालिकामा तर्जुमा भएको स्थानीय विपद तथा जलवायु उत्थानशील योजनाको कार्यान्वयनको लागि समन्वय र सहजीकरण गरेको
४. गाउँपालिका र नगरपालिकाले सञ्चालन गरेका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्वन्धी कार्यहरुको अनुगमन गरी सुझाव दिएको |
|
| जिल्ला तह (परिष्कृत) | १. जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र प्राकृतिक स्रोतको संरक्षण | ३. स्थानीय तहको आवधिक एवम् वार्षिक योजनामा जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजना समावेश भए नभएको अनुगमन गरी कार्यान्वयनमा सहजीकरण गरेको
४. विपद् पछि तत्काल उद्धार गरी राख्न सुरक्षित स्थल निर्धारण गर्न सहजीकरण गरेको |
|
| २. जलवायु परिवर्तन अनुकूलनको लागि क्षमता विकासमा सहजीकरण | १.स्थानीय तहको सहकार्यमा जलवायु परिवर्तन सम्बन्धी जनचेतना अभिवृद्धि, क्षमता अभिवृद्धि र हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणको प्रविधि विकास जस्ता विषयमा समन्वय र सहजीकरण गरेको | ||
१.६ हरियाली प्रवर्द्धन, करेसाबारी र अन्य
(क) नगर क्षेत्र
| तह | मुख्य सूचकहरु | सूचकहरु | |
| घरपरिवार तह (आधारभूत) | १. हरियाली तथा शहरी सौन्दर्य प्रवर्द्धन | १. घर कम्पाउण्डमा फलफूल तथा विभिन्न प्रजातीको बोटबिरुवाहरु भएको,
२. घर कम्पाउण्डमा बिरुवा रोप्ने ठाउँ नभएको अवस्थामा छाना÷छतमा बोटविरुवा भएको वा कौशी खेती गरेको। |
|
| घरपरिवार तह (परिष्कृत) | १. घर–परिसरमा खुला ठाउँको व्यवस्थापन | १.घर बनाउँदा नगरपालिकाले निर्धारण गरे बमोजिमको जमीनको क्षेत्रफल खाली राखेको | |
| टोल तह (आधारभूत) | – | – | |
| टोल तह (परिष्कृत) | २. टोलमा हरियाली प्रवर्द्धन | १.टोलका विभिन्न स्थानमा नगरपालिकाले तोके बमोजिमका वा उपयूक्त प्रजाति र परिमाणका रुख विरुवा लगाई हरियाली प्रवर्द्धन गरेको। | |
| वडा तह (आधारभूत) | – | – | |
| वडा तह (परिष्कृत) | – | – | |
| पालिका तह | – | – | |
| जिल्ला तह | – | – | |
(ख) गाउँपालिका क्षेत्र
| तह | मुख्य सूचकहरु | सूचकहरु | |
| घरपरिवार तह (आधारभूत) | १. हरियाली तथा करेसाबारी व्यवस्थापन | १. घर वरीपरी फलफूलको बोटहरु लगाइएको
२. घरनजिक तुलसी, पारिजात, वेली, चमेली, जाई, जुई जस्ता सौन्दर्य बढाउने वा औषधीजन्य बिरुवा लगाइएको ३. करेसाबारीमा नियमित रूपमा तरकारी खेती गरी हरियो सागपात तथा तरकारी घरमै उत्पादन गर्ने गरिएको |
|
| घरपरिवार तह (परिष्कृत) | – | – | |
| वडा तह (आधारभूत) | १. हरियाली प्रवर्द्धन | १.वडा कार्यालय तथा समुदायको अग्रसरतामा सडकको दायाँबायॉ स्थान अनुकुलको बोट बिरुवा रोपी हरियाली कायम गरेको | |
| वडा तह (परिष्कृत) | – | – | |
| पालिका तह | – | – | |
| जिल्ला तह | – | – | |