सत्र ८: समयः ९० मिनेट

स्थानीय तहको वित्तीय स्रोत व्यवस्थापन : सहभागीहरुबाट सफल अभ्यासको प्रस्तुती (समूह कार्य)

सत्रको प्रकृति: सहभागी-केंद्रित, अनुभव-साझेदारी, अभ्यास पहिचान
उद्देश्यहरू:

  • स्थानीय तहमा वित्तीय स्रोत व्यवस्थापन, स्रोत परिचालन तथा खर्च प्रभावकारिताका अभ्यास पहिचान गर्नु
  • सहभागीहरूलाई आफूले गरेको/देखेको सफल वित्तीय अभ्यास संरचित तरिकाले प्रस्तुत गर्न सक्षम बनाउनु
  • वातावरणमैत्री स्थानीय शासन (EFLG) सँग वित्तीय स्रोत व्यवस्थापनको प्रत्यक्ष सम्बन्ध बुझाउनु

सत्र संरचना (Session Plan)

१. परिचय + Ice Breaker (10 min)

क्रियाकलाप:

  • प्रश्न: तपाईँको पालिकामा वित्तीय स्रोत व्यवस्थापनका कुन अभ्यासले राम्रो सुधार ल्यायो?”
  • कार्डमा १ वाक्य लेख्ने
  • ३–४ जनाले छोटो अनुभव साझा गर्ने

उद्देश्य: सहभागीहरूलाई विषयमा सक्रिय गराउने र उनीहरूको अनुभव सत्रमा ल्याउने।

२. विषय प्रवेश: EFLG को लागि  वित्तीय स्रोत व्यवस्थापनको दृष्टिकोण (10 min)

प्रशिक्षकले छोटकरीमा प्रस्तुत गर्ने विषयहरू:

  1. स्थानीय तहका मुख्य वित्तीय स्रोतहरू:
    • आन्तरिक स्रोत (कर, शुल्क, जरिवाना, सेवा शुल्क, स्थानीय राजस्व)
    • संधीय/प्रदेश अनुदान
    • बाह्य सहयोग (NGO, INGO, विकास साझेदार)
    • सार्वजनिक–निजी साझेदारी (PPP)
  2. वित्तीय शासनका पाँच स्तम्भ:
    • पारदर्शिता
    • जवाफदेहिता
    • सहभागिता
    • कार्यक्षमता
    • प्रतिफलमुखी बजेट (Performance-based budgeting)
  3. EFLG मा वित्तीय स्रोत व्यवस्थापन किन महत्वपूर्ण?
    • वातावरणमैत्री बजेट
    • हरित परियोजनामा लगानी
    • स्रोतको अधिकतम उपयोग (Value for money)
    • राजस्व वृद्धिका नवीन उपाय

सामग्री: २–३ स्लाइड

३. सहभागी तयारी: Best Practice Template भरिने (20 min)

प्रत्येक सहभागी/समूहलाई निम्न Template उपलब्ध गराइनेः

Financial Best Practice Template

  • अभ्यासको शीर्षक:
  • समस्या पहिचान (वित्तीय व्यवस्थापनमा पुरानो चुनौती):
  • अपनाइएको समाधान/उपाय:
  • वित्तीय स्रोत परिचालन/राजस्व वृद्धिका गतिविधि:
  • वित्तीय अनुशासन/पारदर्शिता सुधारका कदम:
  • परिणाम (आय वृद्धि, खर्च दक्षता, सेवा सुधार):
  • EFLG मापदण्डसँग सम्बन्ध:
  • अन्य पालिकाले पनि अपनाउन मिल्ने सिकाइ:
  • दस्तावेज/आकडा (यदि उपलब्ध छ भने):

४. सहभागी प्रस्तुतीकरण (Storytelling + PAR Method) (30 min)

प्रत्येक सहभागी वा समूह — ३–४ मिनेट

प्रस्तुती शैली:

  • Storytelling (समस्या उपाय नतिजा)
  • PAR Model (Problem – Action – Result)
  • Chart, graph, budget figure जस्ता दृश्य माध्यम प्रयोग गर्न प्रोत्साहन

उदाहरणहरू:

  • “हाम्रो नगरपालिकाले डिजिटल बिलिङ प्रणाली सुरु गरेपछि राजस्व २५% बढ्यो”
  • “हरित कर (Green Tax) राखेर वातावरणमैत्री परियोजनामा लगानी गर्न सकियो”

५. Top 3 वित्तीय अभ्यास छनोट (10 min)

सहभागी वा प्रशिक्षकले निम्न आधारमा छान्नेः

  • नवीन उपाय (innovation)
  • राजस्व/स्रोत परिचालनमा देखिने सुधार
  • खर्च दक्षता वा पारदर्शिता सुधार
  • EFLG सँग प्रत्यक्ष सम्बन्ध
  • अन्य पालिकामा दोहोरिन मिल्ने क्षमता (replicable)

छनोटपछि छोटो प्रशंसा/टोकन।

६. समूह छलफल – सिकाइ आदानप्रदान (5–10 min)

मार्गदर्शक प्रश्न:

  • कुन अभ्यास अन्य पालिकामा तुरुन्त लागू गर्न मिल्छ?
  • वित्तीय स्रोत व्यवस्थापन सुधार्न कस्ता संस्थागत व्यवस्था आवश्यक हुन्छ?
  • वातावरणमैत्री बजेटका अवसरहरू कहाँ छन्?

७. Wrap-up (5 min)

  • मुख्य सिकाइहरूको सारांश
  • “Financial Best Practices Compendium” बनाउन सुझाव
  • सहभागीलाई धन्यवाद

सत्रका अपेक्षित परिणाम (Outcomes)

यस सत्रपछि सहभागीहरूले स्पष्ट रूपमा सिक्नेः

  • वित्तीय स्रोत व्यवस्थापनका राम्रा अभ्यास गर्न
  • आफ्नै पालिकाको गरेको वित्तीय सुधार अभ्यास निर्धारित संरचनामा प्रस्तुत गर्न
  • EFLG दृष्टिकोणमा वित्तीय शासनको भूमिका बुझ्न

अन्य पालिकाबाट सिकेर बजेट/राजस्व सुधारका उपाय ल्याउन