क्रियाकलाप १ शुभारम्भ
- सहभागीहरु र अतिथिहरुको उपस्थितिसंगै राष्ट्रियगानका लागि अनुरोध गर्नुहो्स ।
- स्वागतसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुहोस् ।
- प्रमुख अतिथिबाट डिजिटल ब्यानर पढी कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुहोस् ।
- अतिथिहरुबाट कार्यक्रमको सफलताको शुभकामना मन्तव्यका लागि अनुरोध गनुहोस् ।
- कार्यक्रमको अध्यक्षबाट शुभारम्भ मन्तव्यसहित सत्र विसर्जनका लागि अनुरोध गर्नुहोस् ।
|
२५ मिनेट |
मेटाकार्ड, व्यानर, |
अतिथिहरू र अतिथिहरूको मन्तव्य व्यवस्थापन अवश्यकता अनुसार गर्नुहोस् । |
| क्रियाकलाप २ परिचय
सबै सहभागी, सहजकर्ता (प्रशिक्षक) र अन्य उपस्थित व्यक्तिहरुलाई आफ्नो नाम, ठेगाना, पद, संक्षिप्त कार्य अनुभवसहित आफ्नो परिचय दिन लगाउनुहोस् । |
१५ मिनेट |
|
|
क्रियाकलाप ३ अपेक्षा सङ्कलन
- सहभागीहरूलाई प्रशिक्षणबाट गरिएको अपेक्षालाई मेटाकार्डमा लेख्न लगाउनुहोस् ।
- मेटाकार्डहरुलाई एक एक गरी पढ्दै ब्राउन पेपर वा बोर्डमा टाँस्नुहोस् ।
- आएका अपेक्षालाई एकै किसिमका आसय भएका कार्डलाई एकै ठाँउमा राख्नुहोस् ।
- प्रशिक्षणको विषयवस्तु र सहभागीको अपेक्षा मिलान गर्नुहोस् ।
- सहभागीहरुबाट आएका अपेक्षाहरु के कति हदसम्म यस प्रशिक्षणले सम्बोधन गर्न सक्छ भन्ने प्रष्ट पार्नुहोस ।
|
१५ मिनेट |
मेटाकार्ड, मार्कर, पुस पिन, ग्लु स्टीक, मास्किङ टेप, ब्राउन पेपर |
यदि सहभागीबाट विषयवस्तु भन्दा भिन्न अपेक्षाकार्ड आएमा अलग राख्नुहोस् । |
| क्रियाकलाप ४ विषयवस्तुको जानकारी
सहभागीहरुले ल्याएका अपेक्षाहरुलाई मिलान गर्दै प्रशिक्षणमा छलफल गरिने विषयवस्तुहरु जानकारी गराउनुहोस । |
५ मिनेट |
ब्राउन पेपर, मार्कर, न्यूजप्रिन्ट पेपर |
|
क्रियाकलाप ५ समुह मान्यता, जिम्मेवारी आदि
- प्रशिक्षण प्रभावकारीताको लागि हरेक दिनको प्रशिक्षण अवधिमा समूह मान्यतालाई सहभागीहरुसंग छलफल गरी न्यूज प्रिन्टमा लेख्न र पालना गर्न लगाउनुहोस ।
- आवश्यकता परेमा विभिन्न जिम्मेवारी बाँडफाँड (रिपोटिङ, समय व्यवस्थापक, मनोरञ्जनकर्ता आदि) गराउनुहोस् ।
|
५ मिनेट |
ब्राउन पेपर, मार्कर, न्यूजप्रिन्ट पेपर, पावरप्वाइन्ट स्लाइड |
|
क्रियाकलाप ६ प्रशिक्षण पूर्व जानकारी
- सहभागीहरुलाई बिषयबस्तुको बारेमा प्रशिक्षण पूर्व जानकारी फाराम वितरण गर्नुहोस् ।
- उक्त फाराम कसरी भर्ने सबैलाई स्पष्ट पार्नुहोस् ।
- सबै सहभागीहरुबाट फाराम संकलन गरी सकेपछि यसबाट आएको नतिजालाई हामी प्रशिक्षणको अन्तमा गरिने जानकारीको नतिजासँग तुलना गर्नेछौं भन्नुहोस ।
|
१० मिनेट |
प्रशिक्षण पूर्व परीक्षण फाराम |
|
क्रियाकलाप ७ प्रशिक्षणको साधारण उद्देश्य, निर्दिष्ट उद्देश्यहरु, प्रशिक्षण विधि र प्रशिक्षण तालिका
- प्रशिक्षकले प्रशिक्षणको बारेमा फ्लीप चार्टमा तयार पारेको प्रशिक्षणको साधारण उद्देश्य, निर्दिष्ट उद्देश्यबारे बताउनुहोस् ।
- प्रशिक्षणका विधिहरु जानकारी गराउनुहोस् ।
- प्रशिक्षण तालिकाको जानकारी तथा तालिका वितरण गर्नुहोस् ।
|
१० मिनेट |
ब्राउन पेपर, फ्लीप चार्ट, प्रशिक्षण तालिका |
|
क्रियाकलाप ८ सत्र संक्षेपीकरण र अग्रसम्वन्ध
- समग्र प्रशिक्षण सहभागितामूलक ढंगबाट अगाडि बढ्ने कुराको अवगत गराउनुहोस् ।
- दोश्रो सत्र सम्वन्धी जानकारी गराउनुहोस् ।
|
५ मिनेट |
|
|