सत्र 7: समयः ९० मिनेट
वातावरणमैत्री स्थानीय शासन कार्यान्वयनको लागि वित्तीय स्रोत व्यवस्थापन
१. वातावरणमैत्री स्थानीय शासन कार्यान्वयनमा वित्त परिचालनको आवश्यकता र औचित्य
१.१ आवश्यकता (Need for Financial Mobilization)
- स्थानीय कार्यक्रम कार्यान्वयनका लागि स्रोत सुनिश्चित गर्नु
- वातावरणमैत्री योजना, हरित पूर्वाधार, फोहर व्यवस्थापन, सरसफाई, र जलवायु अनुकूलन कार्यक्रमहरू खर्च-सापेक्ष वित्तीय साधन आवश्यक।
- स्रोतको दिगो व्यवस्थापन
- स्थानीय तहले आफ्नै राजस्व, अनुदान र अन्तर्राष्ट्रिय सहयोगको सही संयोजनमार्फत दीर्घकालीन कार्यक्रम सञ्चालन।
- प्रभावकारी सेवा वितरण
- वित्तीय योजना र बजेटको परिचालनले सफा, हरित, दिगो र समावेशी सेवा सुनिश्चित।
- अनियमितता र दुरुपयोग रोकथाम
- वित्तीय व्यवस्थापनको नियमित अनुगमनले भ्रष्टाचार, अनियमित खर्च र स्रोतको दुरुपयोग घटाउँछ।
- स्थानीय स्वायत्तता र निर्णय क्षमता
- स्थानीय तहले वित्तीय स्रोतको नियन्त्रण र प्राथमिकता निर्धारण गर्न सक्छ, जसले EFLG कार्यक्रम प्रभावकारी बनाउँछ।
१.२.औचित्य (Rationale / Justification)
- स्थिर वित्तीय आधार सिर्जना गर्नु
- प्रत्येक परियोजना वा कार्यक्रमको लागि निश्चित र व्यवस्थित बजेटको व्यवस्था।
- EFLG लक्ष्यसँग बजेटको समन्वय
- हरित विकास, दिगो भूमि प्रयोग, फोहर न्यूनिकरण, जलवायु अनुकूलन, र खाद्य सुरक्षा योजनासँग वित्तीय साधनको समायोजन।
- पारदर्शिता र जवाफदेहिता सुनिश्चित
- बजेट प्रक्रिया र खर्च सार्वजनिक गरी स्थानीय समुदायको निगरानी।
- प्राथमिकता निर्धारण र स्रोत उपयोग दक्षता
- उच्च प्राथमिकताका क्षेत्र (जस्तै: फोहर व्यवस्थापन, हरित पूर्वाधार, जलवायु अनुकूलन) मा स्रोत केन्द्रित।
- सामुदायिक सहभागिता प्रवर्द्धन
- वित्तीय निर्णयमा स्थानीय समुदायको सहभागिता र सहमति सुनिश्चित।
१.३ स्रोत र वित्त व्यवस्थापनको आधार
EFLG कार्यान्वयनका लागि स्थानीय तहले विभिन्न स्रोतबाट वित्तीय स्रोत व्यवस्थापन गर्नुपर्छ:
- आन्तरिक स्रोत (Own Source Revenue)
- सेवा शुल्क, फोहर संकलन शुल्क,…….।
- स्थानीय तहले आफ्नै बजेटबाट हरित र दिगो परियोजनामा लगानी।
- संघीय तथा प्रदेश सरकारको अनुदान/कार्यक्रम (Grants/programme from Central and Provincial Government)
- संघीय सरकारको सशर्त/बिशेष/समपुरक अनुदान,
- प्रदेश सरकारको सशर्त/बिशेष/समपुरक अनुदान,
- EMP/IEE/EIA मा वातावरण क्षेत्रमा काम गर्ने भनि छुट्याइएको रकम,
- संघ तथा प्रदेशका खानेपानी, सरसफाई, जलवायु अनुकूलन,विपद जोखिम न्यूनीकरण जस्ता कार्यक्रम।
- संघीय सरकार मार्फत अन्तर्राष्ट्रिय अनुदान / सहयोग (Donor / Development Partner Funding)
- द्विपक्षीय तथा बहुपक्षीय सहयोग
- जलवायु परिवर्तन सम्बन्धि कोषहरू:
| क्र.सं | कोषको नाम (Fund Name) | स्थापना वर्ष / व्यवस्थापक संस्था | मुख्य उद्देश्य / क्षेत्र | नेपालमा सम्बन्धित कार्यक्रम वा उदाहरण |
| १. | Global Environment Facility (GEF) | 1991 / World Bank, UNDP, UNEP | जैविक विविधता, जलवायु परिवर्तन, भूमि अवनति, प्रदूषण नियन्त्रण | जलवायु सहनशील कृषि र जल व्यवस्थापन परियोजना (UNDP–GEF) |
| २. | Adaptation Fund (AF) | 2001 / Kyoto Protocol अन्तर्गत | जलवायु अनुकूलन (Adaptation) मा सहयोग | कृषि क्षेत्रमा जलवायु सहनशील अभ्यास विस्तार परियोजना |
| ३. | Climate Investment Funds (CIF) | 2008 / World Bank समूह | नवीकरणीय ऊर्जा, वन संरक्षण, जलवायु न्यूनीकरण | SREP अन्तर्गत नेपाल नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम |
| ४. | Least Developed Countries Fund (LDCF) | 2001 / GEF द्वारा व्यवस्थापन | न्यून विकसित देशहरूको अनुकूलन परियोजना | नेपालमा LAPA (Local Adaptation Plan of Action) कार्यान्वयन सहयोग |
| ५. | Special Climate Change Fund (SCCF) | 2001 / GEF | अनुकूलन, ऊर्जा, कृषि, जलस्रोत, स्वास्थ्य | जलवायु सहनशील जल व्यवस्थापन परियोजना |
| ६. | Green Climate Fund (GCF) | 2010 / UNFCCC अन्तर्गत | जलवायु न्यूनीकरण र अनुकूलन परियोजनामा सहयोग | Ecosystem Based Adaptation (EbA) परियोजना, BRCH परियोजना |
| ७. | NAMA Facility (Nationally Appropriate Mitigation Actions) | 2013 / Germany र UK द्वारा | देशले प्रस्ताव गरेका उत्सर्जन घटाउने कार्यमा सहयोग | नेपालका ऊर्जा र यातायात क्षेत्रका NAMA प्रस्तावहरू |
| ८. | Global EbA Fund (Ecosystem-based Adaptation Fund) | 2020 / UNEP र IUCN द्वारा | पारिस्थितिक तन्त्रमा आधारित जलवायु अनुकूलन | पर्वतीय पारिस्थितिक तन्त्रमा अनुकूलन अभ्यास विस्तार परियोजना |
| ९. | Forest Carbon Partnership Facility (FCPF) | 2008 / World Bank | वन संरक्षण र कार्बन उत्सर्जन न्यूनीकरण (REDD+) | नेपाल REDD+ Readiness Program |
१.४ निजी क्षेत्रको लगानी (CSR, Corporate Social Responsibility)
- निजी कम्पनीहरूको CSR कार्यक्रम मार्फत हरित पूर्वाधार, फोहर व्यवस्थापन, सरसफाई र जलवायु अनुकूल परियोजनामा योगदान।
- उदाहरण: सौर्य प्यानल, कम्पोस्ट सुविधा, सामुदायिक पार्क…….।
१.५ परिवार र टोल–समुदायको योगदान (Community / Household Contribution)
- सामुदायिक स्वच्छता कार्यक्रम, वृक्षारोपण, सामुदायिक जलस्रोत संरक्षण।
- स्वयंसेवी योगदान र सामुदायिक लगानीले कार्यक्रमको दिगोपन सुनिश्चित।
१.६ गैर–सरकारी संघ/संस्था (NGOs / CBOs / Cooperatives)
- स्वास्थ्य, सरसफाई, फोहर व्यवस्थापन, जैविक खेती, जलवायु अनुकूलन।
- स्थानीय तहसँग साझेदारी गर्दै स्रोत, क्षमता र प्रविधि समर्थन।
२.बजेट निर्धारण र प्राथमिकता:
१.EFLG बजेटको मुख्य प्राथमिकता:
-
- हरित पूर्वाधार निर्माण (सौर्य/पानी/सडक)
- फोहर व्यवस्थापन र कम्पोस्ट निर्माण
- जलवायु अनुकूल कृषि र खाद्य सुरक्षा कार्यक्रम
- सरसफाई, पानी आपूर्ति, ढल व्यवस्थापन
२.Budget Framework संरचना:
-
- कार्यक्रम-आधारित बजेट
- लागत–लाभ विश्लेषण
- वातावरणीय र सामाजिक प्रभाव मूल्याङ्कन
३.वित्तिय नियमन र पारदर्शिता
१.खर्चको निगरानी:
-
- स्थानीय लेखा समितिहरू र अनुगमन प्रणाली।
- वातावरणमैत्री सूचक (EFLG Indicators) प्रयोग।
२.पारदर्शिता:
-
- बजेट र वित्तिय रिपोर्ट सार्वजनिक।
- स्थानीय समुदायको सहभागी निगरानी।
४. स्थानीय तहको क्षमता विकास
- वित्तीय योजना बनाउने, खर्च निगरानी गर्ने, र EFLG कार्यक्रम कार्यान्वयन गर्ने क्षमता विकास।
- बजेट प्रणालीमा हरित, दिगो र समावेशी दृष्टिकोण समावेश।
५.फाइदा
- वातावरणमैत्री र दिगो सेवा सञ्चालनका लागि स्थिर वित्तीय आधार बनाउने ।
- अनियमित खर्च र दुरुपयोग घटाउने।
- स्थानीय तहको स्रोत अनुकूलन क्षमता र दिगोपन सुनिश्चित।
६ निष्कर्ष
- EFLG को सफलता वित्तीय आधारमा निर्भर छ।
- वित्त परिचालनले स्रोतको दिगो उपयोग, प्रभावकारी योजना कार्यान्वयन, पारदर्शिता र समुदाय सहभागिता सुनिश्चित गर्छ।
- यसले स्थानीय तहलाई हरित, दिगो र समावेशी स्थानीय शासन प्रणाली विकास गर्न सक्षम बनाउँछ।