सत्र २०: समयः ९० मिनेट
कार्य योजना प्रस्तुति, छलफल र समापन
साधारण उद्देश्यः यस सत्रको अन्तमा सहभागीहरुले सिकेका कुरालाई आफ्नो कार्यक्षेत्रमा कसरी कार्यान्वयन गर्ने बारे कार्ययोजना तयार भएको हुनेछ ।
निर्दिष्ट उद्देश्यः सत्रको अन्तमा सहभागीहरुले
- सिकाई कार्यान्वयन गर्ने बारे कार्ययोजना तय गर्न सक्नेछन् ।
- समग्र प्रशिक्षणको सिकाई उपलव्धी मूल्याकङ्न गर्न सक्नेछन् ।
- प्रशिक्षण कार्यक्रमको औपचारिक रुपमा समापन हुनेछ ।
सत्रका मुख्य विषयवस्तुः
- कार्य योजना प्रस्तुति
- प्रशिक्षण अपेक्षा पुनरावलोकन
- प्रशिक्षणको संक्षेपीकरण
- प्रशिक्षण पश्चात जानकारी
- प्रशिक्षण मूल्याङ्कन
- प्रशिक्षण समापन
| प्रशिक्षण – सिकाई क्रियाकलाप | अवधि
मिनेट |
प्रशिक्षण – सिकाई सामाग्री | कैफियत |
| क्रियाकलाप १ सहभागीहरुको ध्यानाकर्षण
§ सहभागीहरु सवैलाई उठ्न लगाउनुहोस् । § सवैलाई ताली वजाउन लगाउनुहोस् र ध्यानाकर्षण गर्नुहोस् । |
३मिनेट |
|
|
| क्रियाकलाप २ सत्रको नाम, उद्देश्य र विषयवस्तु
· सत्रको नाम, उद्देश्य, विषयवस्तु र समय अवधि वताउनुहोस् । |
३मिनेट | स्लाइड प्रस्तुति | पावर प्वाइन्ट स्लाइड
|
| क्रियाकलाप ५ कार्ययोजना प्रस्तुतिकरण
· कार्ययोजना प्रस्तुत गर्न लगाउनुहोस् । · प्रस्तुतिकरणमा केही थपघट गर्नु पर्ने भए गर्न लगाउनुहोस् । · यो योजना लेख्न मात्र नभै कार्यान्वयन गर्नुपर्छ भनी वताउनुहोस् । |
४०मिनेट | लघु प्रवचन | |
| क्रियाकला ६ सत्र संक्षेपीकरण
· सहभागीहरुको केही जिज्ञासाहरु भए समेट्दै यस सत्रमा गरिएका कार्यहरुलाई समेट्दै संक्षेपीकरण गर्नुहोस् । |
५मिनेट | लघु प्रवचन | |
| क्रियाकलाप ७ सत्र मूल्यांकन
§ यस सत्रमा राखिएका निर्दिष्ट उद्देश्यहरु हासिल भए कि भएनन् भनेर थाहा पाउनको लागि सहभागीहरुलाई § निम्न प्रश्नहरु गर्नुहोस् । § कार्ययोजना भनेको के हो § कार्ययोजनामा के के विषयहरु हुन्छन् § अहिले तयार गरिएको कार्ययोजनामा के के क्रियाकलापहरु राखियो |
५मिनेट | लघु प्रवचन | |
| क्रियाकलाप ८ प्रक्षिणको पश्चात जानकारी र मूल्याङ्कन
§ सहभागीहरुलाई प्रशिक्षण पश्चात्को फाराम वितरण गरी भर्न अनुरोध गर्नुहोस् । § सहभागीहरुलाई प्रशिक्षणको मूल्याङ्कनको लागि तयार गरिएको प्रशिक्षण मुल्याङ्कन फाराम वितरण गरी भर्न लगाउनुहोस् । § सहभागीहरुलाई आवश्यकता परेमा फारामहरु भर्न सहजीकरण गर्नुहोस् । प्रक्षिणको संक्षेपीकरण र अग्रसम्वन्ध § प्रशिक्षकले प्रशिक्षण अवधिभर छलफल भएका विषयवस्तुहरुलाई संक्षिप्त रुपमा स्मरण गराउनुहोस् । § सहभागीहरुबाट आएको अपेक्षाहरुको पुनरावलोकन गर्दै प्रशिक्षणमा समेटिएका र नसमेटिएका विषयवस्तुहरुको जानकारी गराउनुहोस् । § सहभागीहरुलाई सक्रिय सहभागिताको लागि धन्यवाद दिदै प्राविधिक सत्रहरु समाप्त भएको भन्दै अव यस पछि समापन कार्यक्रम हुनेछ भनी सत्र अन्त्य गर्नुहोस् . |
१५मिनेट | फारामहरु |
तालिम समापन
- तालिमसँग सम्बन्धित सिकाई बारे तीन जना सहभागी (महिला, पुरुष, दलित) लाई एक एक मिनेटको समय दिई बोल्न लगाउने ।
- तालिम संयोजकलाई तालिममा गरिएको अपेक्षा र सहभागीहरुले हासिल गरेको ज्ञान सीपको मूल्यांकन सहित छोटो मन्तव्य दिन लगाउने ।
- प्रमाणपत्र वितरण ।
- अतिथिहरुको मन्तव्य ।
- धन्यवाद ज्ञापन र समापन ।