सत्र १३: समयः ९० मिनेट
सूचकको मापन विधि र संयन्त्र
नगरपालिका क्षेत्र, गाउँपालिका क्षेत्र तथा जिल्ला तहका सूचक एबम बिशेष सूचकको मापन संयन्त्र र बिधि प्रारुपको दफा ७.३ मा व्यवस्था गरिएको छ । जुन निम्न बमोजिम छन् ।
- नगरपालिका क्षेत्र:
| तह/स्तर | मापन गर्ने निकाय/संयन्त्र | अवधि | विधि |
| घरपरिवार स्तर | टोल विकास सस्था | वर्षमा दुइ पटक | अवलोकन,प्रत्येक घर परिवारको छुट्टाछुट्टै मापन फारम भरि वडा कार्यालयमा पठाउने |
| टोल/समुदायस्तर | वातावरणमैत्री स्थानीय शासन वडा समन्वय समितिले तोकेको वडा समितिको सदस्यको संयोजकत्वमा वडा भित्रका टोलमा पर्ने विद्यालयका प्र.अ., स्वास्थ्य चौकी प्रमुख तथा युवा क्लब,वातावरण सम्बन्धि कार्य गर्ने गै.स.स/सामुदायिक सस्था/टोल विकास सस्था/वडा समितिको कार्यालयमा कार्यरत प्राबिधिक र महिला स्वास्थ्य स्वयंसेविका समेतको प्रतिनिधित्व रहेको टोलि, | वर्षमा दुइ पटक | अवलोकन, प्रत्येक टोलको छुट्टाछुट्टै मापन फारम भरि वडा कार्यालय मार्फत नगरपालिकामा सिफारिश साथ पठाउने, |
| वडा तह | नगरकार्यपालिका सदस्यहरु मध्येवाट वातावरणमैत्री स्थानीय शासन नगर समन्वय समितिले तोकेको सदस्यको संयोजकत्वमा नगरपालिकाको प्राबिधिक,खानेपानी तथा सरसफाई कार्यालयका प्रमुख वा प्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रमुख वा प्रतिनिधि,नगर क्षेत्रका विद्यालयका प्र.अ. मध्ये एकजना र नगर क्षेत्रमा क्रियाशील गै.स.स. का प्रतिनिधि समेत रहेको टोलि मार्फत मापन गर्ने, | वर्षमा दुइ पटक | अवलोकन, प्रत्येक वडाको छुट्टाछुट्टै मापन फारम भरि नगरपालिकामा सिफारिश साथ पठाउने, |
| नगरपालिका तह | जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको प्रतिनिधि, जिल्ला समन्वय अधिकारी, जिल्ला स्थित खानेपानी, शिक्षा,स्वास्थ्य, वन कार्यालयका प्रमुख एबम जिल्ला भित्र क्रियाशील गैर सरकारी सस्थाहरुको समेत प्रतिनिधित्व रहेको टोलि मार्फत मापन गर्ने, | वर्षमा एक पटक | अवलोकन, भू उपयोग योजना, भवन संहिता तथा स्थानीय योजना दस्ताबेजहरुको कार्यन्वयन अवस्थाको अध्ययन,समुह छलफल,निजि क्षेत्र संग गरिएका करार/सम्झौता समेतका आधारमा प्रत्येक नगरपालिकाको छुट्टाछुट्टै मापन फारम भरि जिल्ला सभामा सिफारिश साथ पठाउने, |
- गाउँपालिका क्षेत्र:
| तह/स्तर | मापन गर्ने निकाय/संयन्त्र | अवधि | विधि |
| घरपरिवार स्तर | टोल विकास सस्था गठन भएको अवस्थामा सो सस्था मार्फत र नभएको भए वातावारणमैत्री स्थानीय शासन वडा समन्वय समितिले तोकेको वडा समितिको सदस्यको संयोजकत्वमा वडा भित्रका टोल/समुदाय क्षेत्रमा पर्ने विद्यालयका प्र.अ., स्वास्थ्य चौकी प्रमुख तथा युवा क्लब,वातावरण सम्बन्धि कार्य गर्ने गै.स.स/सामुदायिक सस्था/ वडा समितिको कार्यालयमा कार्यरत प्राबिधिक र महिला स्वास्थ्य स्वयंसेविका समेतको प्रतिनिधित्व रहेको टोलि, | वर्षमा दुइ पटक | अवलोकन,प्रत्येक घर परिवारको छुट्टाछुट्टै मापन फारम भरि वडा समितिमा पेस गर्ने, वडा समितिले सिफारिश साथ गाउँपालिकामा पठाउने |
| वडा तह | कार्यपालिका सदस्यहरु मध्येवाट वातावरणमैत्री स्थानीय शासन गाउँ समन्वय समितिले तोकेको सदस्यको संयोजकत्वमा गाउँपालिकाको प्राबिधिक,खानेपानी तथा सरसफाई कार्यालयका प्रमुख वा प्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रमुख वा प्रतिनिधि, गाउँपालिका क्षेत्रका विद्यालयका प्र.अ. मध्ये एकजना र पालिका क्षेत्रमा क्रियाशील गै.स.स. का प्रतिनिधि समेत रहेको टोलि मार्फत मापन गर्ने, | वर्षमा दुइ पटक | अवलोकन, समुह छलफल समेतका आधारमा प्रत्येक वडाको छुट्टाछुट्टै मापन फारम भरि गाउँपालिकामा सिफारिश साथ पठाउने, |
| गाउँपालिका तह | जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको प्रतिनिधि, जिल्ला समन्वय अधिकारी, जिल्ला स्थित खानेपानी, शिक्षा,स्वास्थ्य, वन कार्यालयका प्रमुख एबम जिल्ला भित्र क्रियाशील गैर सरकारी सस्थाहरुको समेत प्रतिनिधित्व रहेको टोलि मार्फत मापन गर्ने, | वर्षमा एक पटक | अवलोकन, भू उपयोग योजना, भवन संहिता तथा स्थानीय योजना दस्ताबेजहरुको कार्यन्वयन अवस्थाको अध्ययन,समुह छलफल,निजि क्षेत्र संग गरिएका करार/सम्झौता समेतका आधारमा प्रत्येक गाउँपालिकाको छुट्टाछुट्टै मापन फारम भरि जिल्ला सभामा सिफारिश साथ पठाउने, |
पालिकाका सबै वडाहरु वातावरणमैत्री घोषणा भै यस प्रारुपमा उल्लेखित सूचकहरु हाशिल भएपछी जिल्ला सभाले निर्णय गरि वातावरणमैत्री पालिका घोषणा गर्न सिफारिश साथ सहमति माग गरि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखि पठाउने र सो को जानाकारी प्रदेश सरकारलाई दिनु पर्ने ।यस्तो सिफारिस प्राप्त भएपछी राष्ट्रिय समन्वय समितिबाट प्राबिधिक उपसमिति गठन गरि अनुगमन मुल्यांकन गराउनेछ ।आवस्यक सबै सूचक पुरा भएको पाईएमा वातावरणमैत्री पालिका घोषणा गर्न जिल्ला समन्वय समितिलाई सहमति दिने व्यवस्था छ । सहमति प्राप्त भएपछी जिल्ला समन्वय समितिले बिशेष कार्यक्रम आयोजना गरि पालिकालाई वातावरणमैत्री घोषणा गरि दफा ६.२ बमोजिम लोगो र कदर पत्र प्रदान गर्नेछ।
जिल्ला तह:
जिल्लाका सबै पालिकाहरु वातावरणमैत्री घोषणा भैसकेपछी र जिल्ला तहका लागि निर्धारित सबै सूचक पुरा भएपछी जिल्ला सभाले निर्णय गरि वातावरणमैत्री जिल्ला घोषणा गर्न राष्ट्रिय समन्वय समिति समक्ष अनुरोध गर्नु पर्छ । राष्ट्रिय समन्वय समितिमा यस्तो अनुरोध प्राप्त भएपछी पराबिधिक उपसमिति मार्फत अनुगमन मुल्यांकन गराई सो समितिको प्रतिबेदनको आधारमा राष्ट्रिय समन्वय समितिले निर्णय गरि बिशेष कार्यक्रम साथ जिल्लालाई वातावरणमैत्री जिल्ला घोषणा गरि दफा ६.२ बमोजिम लोगो र कदरपत्र प्रदान गर्नेछ ।
बिशेष सूचक मुल्यांकन संयन्त्र र बिधि:
कुनै पालिकामा यस प्रारूप बमोजिम वातावरणमैत्री स्थानीय शासन राष्ट्रिय समन्वय समितिले बिशेष/विशिष्ट सूचक थप गरेको अवस्थामा त्यस्ता सूचकहरुको मुल्यांकन संयन्त्र र बिधि सोहि समितिले तोके बमोजिम हुने व्यवस्था छ ।
सार्वजनिक कार्यालयलाई वातावरणमैत्री सूचक मापन बिधि र संयन्त्र:
जिल्लास्थित संघ तथा प्रदेश सरकार अन्तर्गतका सार्बजनिक कार्यालयले वातावरणमैत्री सूचक पुरा गरे नगरेको सम्बन्धमा जिल्ला समन्यव समितिले प्राबिधिक उपसमितिबाट अनुगमन मुल्यांकन गराउने व्यवस्था छ ।