५.२:  स्थानीय पूर्वाधार विकास

 

नेपालमा स्थानीय स्तरका पूर्वाधार विकासमा वातावरणमैत्री स्थानीय शासन स्वरुपको ठूलो भूमिका छ। यसले स्थानीय पूर्वाधार विकास योजना अन्तरगतका स्थानीय सडक जस्ता पूर्वाधार विकास परियोजनाहरू देखि फोहोर व्यवस्थापन र स्रोत संरक्षण लगायत अन्य पूर्वाधार विकास कृयाकलाप सम्म ​​वातावरणीय दिगोपनलाई एकीकृत गारि कार्यान्वयन खाका प्रदान गर्न मद्दत गर्दछ। स्थानीय स्तरमा वातावरणीय मुद्दाहरू प्रति बढी उत्तरदायी बनाइ समुदायहरूलाई आफ्नो विकास व्यवस्थापकीय क्षमतामा दिगो रुपमा सशक्तिकरणका साथै स्थानीय स्वामित्व बृद्धी गरि तपसिलमा उल्लिखित प्रमुख क्षेत्रहरू समेटी कार्यान्वयन गर्नु यसको मुल मर्म हो।

 

  • पूर्वाधार योजना: सडक निर्माण जस्ता पूर्वाधारजन्य परियोजनाहरू, वातावरणीय सुरक्षाका साथ योजनाबद्ध तरिकाले गर्ने।
  • फोहोरमैला व्यवस्थापन: घरपरिवार स्तरमा फोहोर छुट्याउने र उचित फोहोर व्यवस्थापनको लागि आवस्यक प्रणालीहरूमा लगानी गर्ने।
  • स्रोत व्यवस्थापन: स्थानीय सरकार सञ्चालन ऐन, २०७४ द्वारा अधिकार प्राप्त पानी र जलाधार व्यवस्थापन, भू-उपयोग योजना र जैविक विविधता संरक्षणका नीतिहरू अवलम्बन गर्ने।
  • उर्जा/जलवायु: स्थानीय योजनाहरूमा ऊर्जा बचत प्रविधिहरू र वर्षाको पानी संकलन प्रवर्द्धन जस्ता कार्यहरुलाई एकीकृत गर्ने।

 

 

१ स्थानीय यातायात

 

१.१ पृष्ठभूमि

 

स्थानीयस्तरमा वातावरणमैत्री स्थानीय शासनले वातावरणीय पक्षहरूलाई योजना र व्यवस्थापनमा एकीकृत गरेर दिगो यातायात पूर्वाधार निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसमा कार्बन उत्सर्जन घटाउन, प्रदूषण न्यूनीकरण गर्न, जनस्वास्थ्य सुधार गर्न र समग्र शहरी लचिलोपन बढाउन डिजाइन गरिएका बिधी र अभ्यासहरू समेटिन्छन्।

 

स्थानीय यातायात विकासका लागी ध्यान दिनुपर्ने विषयहरु यस प्रकार छन:

  • नेटवर्क विस्तार र स्तरोन्नती: सडक सञ्जाल विस्तार गरी सबै स्थानीय तह हरुलाइ मुख्य राष्ट्रिय ग्रिडमा जोड्ने र कच्ची -मौसमी सडकहरूलाई सबै-मौसम मापदण्ड सडकहरूमा स्तरोन्नति गर्ने।
  • एकीकृत योजना: शहरी क्षेत्रमा ट्राफिक घनत्व र भूमि प्रयोगलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न शहरी विकास गुरु योजनासँग मिल्दोजुल्दो गराउने।
  • बहु-मोडल यातायात: भू-भौतिकीय अवस्थाका कारण हाल सडक र हवाई यातायात प्रमुख भए पनि, दीर्घकालीन रणनीतिक परियोजनाहरुमा निजी क्षेत्रहरुको सहभागितालाई प्रोत्साहित गरी पानी, रोपवे र केबल कार जस्ता यातायातका माध्यमहरुका लागि सम्भाव्य क्षेत्रहरूको अन्वेषण र विकास गर्ने।

१.२ स्थानीय यातायात विकासका प्रमुख क्षेत्रहरू

 

वातावरणमैत्री यातायात पूर्वाधार विकासले समेट्ने प्रमुख क्षेत्रहरू निम्न छन्:

  • सार्वजनिक र सक्रिय यातायात: पैदल र साइकल चलाउनको लागि आवस्यक बलियो सार्वजनिक यातायात प्रणाली र पूर्वाधारको विकासलाई प्राथमिकता दिने (जस्तै: समर्पित लेनहरू, वनस्पति फुटपाथ (green track), आदि)। यी मोडहरूले प्रति यात्रु-किलोमिटर सबैभन्दा कम वातावरणीय प्रभाव पार्छन् र स्वास्थ्य लाभहरू प्रदान गर्छन्।
  • विद्युतीकरण र स्वच्छ ऊर्जा: कारदे, ठूला साना बस, tram, tempo लगायतका यातायातका साधनलाई विद्युतीय सवारी साधनहरू (EVs) को रुपमा रूपान्तरण एबं प्रयोगलाई प्रोत्साहन गर्ने र चार्जिङ गर्न आवस्यक पर्ने शक्ति वा उर्जाकालागि सौर्य वा वायु ऊर्जा जस्ता नवीकरणीय स्रोतहरूबाट उपलब्ध गराउने विषय सुनिश्चित गर्ने। यसले जीवाश्म इन्धनमा निर्भरता कम गर्न र उत्सर्जन कम गर्न मद्दत गर्छ।
  • हरित पूर्वाधार एकीकरण: वर्षा बगैंचा (rain garden), पारगम्य (permeable) फुटपाथ, र शहरी हरियो ठाउँहरू जस्ता प्राकृति मैत्रि पक्षहरूलाई सडक र शहरी योजनामा ​​समावेश गर्ने। यी समाधानका कृयाकलापहरूले बर्षाको पानी (storm water) को उच्च बहाव व्यवस्थापन गर्न, शहरी ताप टापुको प्रभाव (urban heat island effect) कम गर्न र वायु गुणस्तर सुधार गर्न मद्दत गर्छन्।
  • ट्रान्जिट-उन्मुख विकास (TOD): यात्राकोलागि निजी सवारी साधनको आवश्यकता कम गर्न सार्वजनिक यातायात केन्द्रहरु (public transport hubs) वरिपरि घना, मिश्रित-प्रयोग विकास (dense mixed-use developments) लाई प्रवर्द्धन गर्ने, जसले गर्दा उत्सर्जन र ट्राफिक जाम कम हुन्छ।

 

१.३ स्थानीय यातायात विकासका प्रमुख लाभहरू

 

वातावरणमैत्री स्थानीय यातायात पूर्वाधारको विकासका प्रमुख लाभहरु देहाय वमोजिम रहेका छन:

  • सुधारिएको वायु गुणस्तर र जनस्वास्थ्यमा सकारात्मक प्रभाव।
  • हरितगृह ग्यास उत्सर्जन घटी जलवायु परिवर्तन अनुकुलानमा प्रत्यक्ष योगदान ।
  • ट्राफिक जाम घटाउछ र सबै नागरिकहरूकोलागि गतिशीलता र पहुँच बढाउँने ।
  • बाढी र गर्मीको लहर जस्ता जलवायु प्रभावहरूमा शहरी लचिलोपन (urban religieuce) बढाउँने ।
  • कम इन्धन खपत र पूर्वाधार मर्मतसम्भार किफायती हुनाको कारण दीर्घकालीन आर्थिक बचत हुन्छ।

 

१.४ सार्वजनिक यातायात प्रणालीमा सुधारका उपायहरू

  • सेवा-उन्मुख र प्रतिस्पर्धात्मक सञ्चालन: अनौपचारिक अपरेटरहरूद्वारा नाफा-अधिकतमीकरण (maximization) मोडेलबाट नियमित, सेवा-उन्मुख प्रणालीमा सार्वजनिक यातायातलाई रूपान्तरण गर्ने। यसरी रुपान्तरण गर्दा प्रतिस्पर्धाका आधारमा सञ्चालन अनुमतिहरू प्रदान गर्ने र सेवा मापदण्डहरू लागू गर्ने।
  • सडक रुट र फ्लीटलाई तर्कसंगत बनाउने: भीडभाड कम गर्न र प्रभावकारिता सुधार गर्न सडकका जटिल नेटवर्क रुटहरूको पुनर्संरचना गरी, मुख्य सडकहरूमा उच्च-क्षमताका उपयुक्त सवारी साधनहरू र फिडर सडकहरूमा साना सवारी साधनहरू प्रयोगमा ल्याउने।
  • जन-केन्द्रित डिजाइन: प्रणालीहरू वृद्ध, अपाङ्गता भएका र महिलाहरू सहित समाजका सबै वर्गहरूको पहुँचयोग्य हुने गरी डिजाइन गर्ने र पैदल यात्री सुरक्षालाई प्राथमिकता दिने (जस्तै, समर्पित पैदल यात्री क्षेत्रहरू र सुधारिएको फुटपाथ)।
  • सुरक्षा र विश्वसनीयता: सवारी साधनको फिटनेसको कडा निगरानी (जस्तै, नियमित सडक योग्यता जाँच, सवारी साधनको उमेर सीमा आदी) गर्ने र सुरक्षाको लागि ट्राफिक नियम र गति सीमा लागू गर्ने।

 

२ स्थानीय सिँचाइ

 

२.१ पृष्ठभूमि

 

नेपालमा वातावरणमैत्री स्थानीय शासनको ढाँचा भित्र साना सिँचाइ विकासका कृयाकलापहरु वातावरणीय क्षतिलाई कम गर्दै कृषि उत्पादकत्व बढाउने र दिगो, समुदाय-व्यवस्थित सिँचाइ प्रणालीहरू सिर्जना गर्छन्। यसबाट नेपालको सम्भावित सिँचाइयोग्य जमिनको एक अंशमा मात्र वर्षभरि पानीको पहुँच भएका र अवस्थित प्रणालीहरू प्रायः कम प्रभावकारी र वातावरणीय चुनौतीबाट ग्रस्त भएका जमिनको सिंचाइमा उल्लेख्य सुधारको अपेक्षा गर्न सकिन्छ।

 

२.२ स्थानीय सिँचाइ प्रणाली विकासका उद्देश्यहरू

 

  • एकीकृत जलस्रोत व्यवस्थापन: स्थानीय पानी स्रोतहरूको दिगो उपयोग सुनिश्चित गर्न पानी प्रयोग गुरुयोजनाहरू तर्जुमा गरी स्थानीय तहहरू (गाउपालिका र नगरपालिका) ले पानीको स्रोत र प्रयोगलाई व्यवस्थित तरिकाले नियमन गर्न सहजीकरण गर्ने।
  • जलवायु परिवर्तन अनुकूलन र विपद् जोखिम न्यूनीकरण: अनियमित ढाँचाका वर्षा जस्ता जलवायु परिवर्तनका प्रभावहरूसँग अनुकूलन गर्न स्थानीय समुदायहरूलाई भरपर्दो पानीको पहुँच उपलब्ध गराउन सहयोग गरी विपद् जोखिम न्युनिकरण गर्ने।
  • जैविक विविधता र वातावरणीय संरक्षण: सिँचाइ प्रणाली मर्मतकालागि वन उत्पादनहरूमा निर्भरता घटाउन अधिक टिकाउ, योजनाबद्ध सिचाइ पूर्वाधार निर्माण गर्ने र भारी बर्षाको समयमा अनियन्त्रित सिँचाइ पानीको कारणले हुनसक्ने भु-क्षयबाट स्थानीय भूमिलाई बचाउने उपाय अवलम्बन् गर्ने।
  • दिगो प्रविधिहरूको प्रवर्द्धन: पानीको प्रभावकारी उपयोग र संरक्षणकालागी जालीदार पाइप-कन्भेयन्स सहितको पोखरी/ट्याङ्की प्रणाली, साना लिफ्ट सिँचाइ योजनाहरू र सूक्ष्म-सिँचाइ अनुप्रयोग(Application) जस्ता वातावरणीय रूपमा उपयुक्त प्रविधिहरूको प्रयोगलाई प्रोत्साहन गर्ने।
  • स्थानीय स्वामित्व र सहभागिता बढाउने: स्रोत प्रयोगमा दीर्घकालीन दिगोपन र जवाफदेहिता सुनिश्चित गर्न स्थानीय पानी प्रयोगकर्ता संघहरू (WUAs) लाई बिना निरन्तर सरकारी सहयोग आफ्नो सिँचाइ प्रणालीहरू व्यवस्थापन, सञ्चालन र मर्मत गर्न सक्षम बनाउने।
  • सामाजिक समावेशीकरण र समानता सुनिश्चित गर्ने: लैङ्गिक समानता र सामाजिक समावेशीकरण (GESI) लाई परियोजना मोडालिटीहरूमा एकीकृत गरी परियोजनाका लाभहरू विपन्न समूह र महिला-प्रमुख घरपरिवारहरू सम्म पुग्ने सुनिश्चित गर्दौ पानी स्रोतहरूमा समान पहुँच प्रवर्द्धन गर्ने।
  • स्थानीय सरकारहरूको क्षमता निर्माण: साना सिँचाइ आयोजनाहरूको योजना, डिजाइन, कार्यान्वयन र अनुगमनमा स्थानीय सरकारी एकाइहरूको क्षमता, वातावरणीय सचेत ढाँचा (environmentally conscious framework) भित्र स्थानीय आवश्यकताहरूलाई प्रभावकारी रूपमा लागु गर्न सक्ने गरी विकास गर्ने।
  • कृषिलाई वातावरणीय दिगोपनसँग जोड्ने: परम्परागत निर्वाह मुखी खेतीको बदलामा बढी प्रभावकारि र वातावरणीय रूपमा उपयुक्त खेती अभ्यास – इष्टतम पानी प्रयोग(optimal water use) मा आधारित व्यावसायिक, उच्च-मूल्य कृषि खेती गर्ने।

 

२.३ स्थानीय सिँचाइ प्रणाली विकासका प्रमुख सिद्धान्तहरू

 

  • एकीकृत जलस्रोत व्यवस्थापन (IWRM): यस प्रणालीमा सम्पूर्ण जलाधारहरुमा सरोकारवालाहरू सबैलाई समावेश गरि IWRM सिद्धान्तमा आधारित पर्यावरणमैत्री सिँचाइ परियोजनाहरूको योजना बनाइन्छ। यसबाट पानीका स्रोतहरूको संरक्षण गर्न, भू-जलको भुमिगत सतह (underground water) बढाउन, माटोको क्षय र बाढीको जोखिम कम गर्न मद्दत गर्दछ।
  • सामुदायिक स्वामित्व र सहभागिता: पानी प्रयोगकर्ता संघहरू (WUAs) र सामुदायिक समूहहरू मार्फत बलियो स्थानीय स्वामित्व र व्यवस्थापनमा EFLG दृष्टिकोणले जोड दिन्छ। यसकारण, महिला र विपन्न समूहहरूको सक्रिय सहभागितामा सिंचइ प्रणालीहरू प्रभावकारी रूपमा व्यवस्थित र भरपर्दो मर्मत संभारको सुनिश्चित गर्दछ।
  • उपयुक्त प्रविधिको प्रयोग: स्थानीय भौगोलिक अवस्था र जलवायु परिवर्तनको प्रभावलाई अनुकूलन गर्न वर्षामा संकलित पानी सिंचाइ योजनाहरू, पोखरी सिँचाइ योजनाहरू, र गुरुत्व-आधारित प्रणालीहरू जस्ता सन्दर्भ-विशिष्ट र उपयुक्त सिँचाइ प्रविधिहरूको प्रवर्द्धन गर्ने।
  • वातावरणीय र विकास सरोकारहरूको एकीकरण: योजना र कार्यान्वयनका सबै चरणहरूमा EFLG ढाँचाले वातावरणीय पक्षहरूलाई घरपरिवारदेखि नगरपालिका स्तरसम्म एकीकृत गर्दछ। साथै, मापनयोग्य सूचकहरूको प्रयोग गरि प्रक्रियालाई मार्गदर्शन गर्दछ र विभिन्न क्षेत्रगत नीतिहरूलाई दिगो रणनीतिमा एकीकृत गरि सुदृढ गर्छ।

 

 

 

 

३ नवीकरणीय ऊर्जा

 

३.१ पृष्ठभूमि

 

प्राकृतिक रूपमा पुनःपूर्ति हुने स्रोतहरू-सूर्यको प्रकाश, हावा र पानीबाट नवीकरणीय निस्कने ऊर्जाले उपलब्ध सीमित जीवाश्म इन्धनको दिगो विकल्प प्रदान गर्दछ। नेपालमा प्रचुर मात्रामा भएका यी श्रोतहरुको प्रयोग स्थानीय स्तरमा ब्यापक रुपमा प्रयोग गरि दुर्गम भेगका समुदायहरुको पहुँच सम्म दिगो रुपमा पुर्याउन अपरिहार्य आवस्यक छ। यसबाट तिनीहरुको परंपरागत बायो मास र आयातित जिवाश्म इन्धनमा रहेको निर्भरतामा उल्लेख्य कम हुनेछ।

 

३.२ नवीकरणीय ऊर्जा विकासका उद्देश्यहरू

 

  • उत्सर्जन न्युनिकरण गर्ने: जीवाश्म इन्धन र परम्परागत बायोमासलाई सौर्य, बायोग्यास र जलविद्युत जस्ता स्वच्छ ऊर्जा स्रोतहरूले प्रतिस्थापन गरेर हरितगृह ग्यास उत्सर्जन न्यूनिकरण गर्ने।
  • जनस्वास्थ्यमा सुधार गर्ने: काठ र अन्य परम्परागत इन्धनहरूका श्रोतहरु जलाउँदा हुने भित्री र बाहिरी वायु प्रदूषण कम गरी राम्रो जनस्वास्थ्य परिणामहरू प्राप्त गर्ने।
  • प्राकृतिक स्रोतहरूको संरक्षण गर्ने: काठको खपतमा हुने न्युनिकरणबाट वनहरूमा दबाब कम हुने।
  • स्थानीय अर्थतन्त्रलाई बढावा दिने: हरित रोजगारी सिर्जना गर्ने र विशेष गरी ग्रामीण क्षेत्रहरूमा नयाँ व्यावसायिक अवसरहरू बढाउने।
  • ऊर्जाको पहुँच बढाउने: राष्ट्रिय ग्रिडमा पहुँच नभएका दुर्गम समुदायहरूलाई भरपर्दो र किफायती ऊर्जा प्रदान गर्ने।
  • जीवनस्तर बढाउने: स्थानीय बासिन्दाहरूको समग्र जीवनस्तर सुधार गर्न नवीकरणीय ऊर्जालाई सामाजिक र आर्थिक गतिविधिहरूमा एकीकृत गर्ने।
  • दिगो विकासलाई प्रवर्द्धन गर्ने: थप लचिलो र दिगो ऊर्जा प्रणाली निर्माण गरेर दिगो विकास लक्ष्यहरू (SDGs) जस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय लक्ष्यहरूसँग मिल्दोजुल्दो बनाउने।
  • स्थानीय संस्थाहरूलाई सशक्त बनाउने: स्थानीय सेवा वितरण र निर्णय प्रक्रियाहरूमा वातावरणीय शासनलाई एकीकृत गर्ने।

 

३.३ नेपालमा स्थानीयस्तरमा प्रयोग भएका प्रमुख नवीकरणीय ऊर्जा प्रविधिहरू

 

  • लघु जलविद्युत: यी साना-स्तरीय प्रणालीहरू (१०० किलोवाटभन्दा कम उत्पादन गर्ने) स्थानीय स्तरमा उपलब्ध प्रचुर जलस्रोतको उपयोग गरेर, दुर्गम गाउँहरूलाई विद्युतीकरण गर्न व्यावहारिक र लागत-प्रभावी समाधान हुन्। यस्ता  प्लान्टहरू नेपाल भरि हजारौं स्थापना भएका छन् र यिनिहरुले राष्ट्रिय ग्रिड पहुँचयोग्य नभएका क्षेत्रहरूमा प्रकाश, सञ्चार र कृषि-प्रशोधनको लागि बिजुली प्रदान गर्दछन्।
  • सौर्य ऊर्जा: नेपालमा हुने प्रति वर्ष औसत ३०० घमाइलो दिनको कारणले गर्दा सौर्य प्रविधि विशेष गरी सौर्य गृह प्रणाली (SHS) र संस्थागत सौर्य ऊर्जाको प्रयोग, अफ-ग्रिड क्षेत्रहरूमा प्रचुर मात्रामा अपनाइएको छ। मुख्यतया साना उपकरणहरू चार्ज गर्न र प्रकाशका लागि नेपाल भर ९७४,००० भन्दा बढी घरधुरीमा घरेलु सौर्य PV (Photo Voltaic) प्रणालीहरू स्थापना भएका छन्। साथैसौर्य पानी तताउने र कुकर जस्ता सौर्य तापीय प्रणालीहरू पनि स्थानीय स्तरमा प्रयोग गरिन्छ।
  • बायोग्यास: ठूला पशुधन (livestock) संख्या र कृषि गतिविधि भएका स्थानहरुमा सामान्यतया खाना पकाउनको लागि घरेलु बायोग्यास प्लान्टहरू र उप-उत्पादनको रूपमा जैविक मल उत्पादन गर्न पशु मल र भान्साको फोहोर प्रयोग गर्दछन्। यसबाट परम्परागत बायोमास जलाइ घर भित्रको वायु प्रदूषण निम्त्याउँने कार्य प्रतिस्थापन भएर उल्लेख्य जनस्वास्थ्य लाभहरू भएकाछन्।
  • सुधारिएको कुकिंग स्टोभ (ICS): यी ऊर्जा-प्रभावकारी चुल्होहरू इन्धन-काठको खपत र हानिकारक धुवाँ उत्सर्जन उल्लेख्य रुपमा कम गर्न डिजाइन गरिएका हुन्। यिनिहरुले परम्परागत खाना पकाउने विधिहरूबाट घर भित्रको वायु प्रदूषण प्रतिस्थापन गरी ग्रामीण घरपरिवारका महिला र बालबालिकाहरूको स्वास्थ्यमा प्रत्यक्ष सुधार ल्याउँछन्।
  • वायु ऊर्जा: यद्यपि यो श्रोतको प्रयोग ऐले सम्म ठूलो मात्रामा नभएता पनि, नवलपरासी र मुस्ताङ जस्ता जिल्लाहरूमा पाइलट वायु-सौर्य हाइब्रिड परियोजनाहरू संचालनमा छन् र ग्रामीण घरपरिवारहरूलाई बिजुली उपलब्ध गराएकाछन्। नेपालका यस्तै अन्य क्षेत्रहरूमा भविष्यमा यसको विस्तारको सम्भावना छ।

 

३.४ नवीकरणीय ऊर्जाका फाइदाहरू

 

  • अपरिहार्य आपूर्ति: सूर्य, हावा र पानी जस्ता स्रोतहरू प्रकृतिले निरन्तर नवीकरण गर्छन्।
  • वातावरणीय संरक्षण: धेरैजसो नवीकरणीय ऊर्जा स्रोतहरूले प्रयोगको क्रममा थोरै वा नगन्य हरितगृह ग्यास वा वायु प्रदूषक उत्पादन गर्ने हुनाले तिनीहरु  जलवायु परिवर्तनसँग प्रतिरोधी र जनस्वास्थ्य अनुकुलन छन्।
  • ऊर्जा स्वतन्त्रता र सुरक्षा: घरेलु नवीकरणीय स्रोतहरूको प्रयोगले आयातित इन्धन र तिनीहरूसँग सम्बन्धित मूल्यमा उतारचढावको प्रभाव र भूराजनीतिक जोखिमहरूमा देशको निर्भरता कम गर्छ।
  • आर्थिक विकास: नवीकरणीय ऊर्जा क्षेत्रले उत्पादन, स्थापना र मर्मतसम्भारमा स्थानीय रोजगारी सिर्जना गरि ग्रामीण क्षेत्रहरूको आर्थिक वृद्धिलाई बढावा दिन्छ।
  • नेपालका स्थानीय स्तरमा प्रयोग: नेपालको चुनौतीपूर्ण पहाडी भूभागका धेरै क्षेत्रहरूमा राष्ट्रिय विद्युत ग्रिड विस्तार गर्न कठिन हुने हुदा स्थानीय समुदायहरूकोलागि विकेन्द्रीकृत, अफ-ग्रिड नवीकरणीय ऊर्जा समाधानहरूले महत्त्वपूर्ण योगदान पुर्याउछन्। नेपालमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) ले विभिन्न विकास साझेदारहरूसँग मिलेर नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ।

 

४. निष्कर्ष

  • एकीकृत योजना र कानुनी रूपरेखा: नेपालले वातावरणमैत्री स्थानीय शासन रूपरेखा, २०१३ र वातावरण संरक्षण ऐन, २०१९ सहित एक बलियो नीतिगत आधार स्थापित गरेको छ। वातावरणीय विचारहरू (जस्तै जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम न्यूनीकरण, र फोहोर व्यवस्थापन) स्थानीय योजना र पूर्वाधार विकासका सबै पक्षहरू एकीकृत गरिनुपर्छ।
  • संरक्षणसँग विकास सन्तुलन: ग्रामीण क्षेत्रहरूमा आर्थिक प्रगति र गरिबी न्यूनीकरणको लागि पूर्वाधार विकास महत्त्वपूर्ण भए पनि यसले प्रायः महत्त्वपूर्ण वातावरणीय लागत खडा गर्छ। यी प्रभावहरूलाई कम गर्न र पूर्वाधार परियोजनाहरूले प्राकृतिक सम्पदाको सम्मान र अभिवृद्धि सुनिश्चित गर्न अनिवार्य वातावरणीय प्रभाव मूल्याङ्कन (EIAs) र पर्यावरणमैत्री प्रविधिहरूको प्रयोग जस्ता नीति र अभ्यासहरू अपनाउन पर्छ।

 

५. स्थानीय तहले के गर्नु पर्ला ?

 

  • सडक निर्माण जस्ता पूर्वाधारजन्य परियोजनाहरूको वातावरणीय सुरक्षाको सुनिश्चितता गर्न, योजनाबद्ध तरिकाले योजना साम्पादन गरि योजनाको दिगोपन/लचिलोपन सुनिश्चितता गर्ने ।
  • शहरी क्षेत्रहरूमा ट्राफिक घनत्व र भूमि प्रयोगलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न।
  • वर्षा बगैंचा (rain garden), पारगम्य (permeable) फुटपाथ, र शहरी हरियो ठाउँहरूलाई सडक र शहरी योजनामा ​​समावेश गर्ने ।
  • सतहको पानी र भू-जल दुवै जलस्रोतहरूको एकीकृत गरि सिँचाइ परियोजनाहरू व्यवस्थापन गर्ने ।
  • स्थानीय भू-बनोट र भौगोलिक अवस्था (जस्तै, पहाडी क्षेत्रहरूमा लिफ्ट सिँचाइ, स्प्रिंकलर र ड्रिप सिंचाइ प्रणालीहरू, वा तराईमा ट्युबवेलहरू) अनुरूप उपयुक्त र प्रभावकारी सिँचाइ प्रविधिहरूको प्रयोगलाई प्रोत्साहन गर्ने ।
  • दाउरा र अन्य परम्परागत इन्धनका श्रोतहरु जलाउँदा हुने भित्री र बाहिरी वायु प्रदूषण कम गर्ने नविकरणीय उर्जा को प्रवर्धन गर्ने ।
  • स्थानीयस्तरका विशिष्ट स्थानीय आवश्यकताहरू र स्रोत उपलब्धता (जस्तै, पहाडी क्षेत्रहरूमा माइक्रो-हाइड्रो, अधिक पहुँचयोग्य क्षेत्रहरूमा सौर्य) लाई सम्बोधन गर्ने ।
  • नवीकरणीय ऊर्जा केवल बत्ती (प्रकाश) को लागि मात्र नभइ सिँचाइ, कृषि-प्रशोधन, मिलिंग र सञ्चार जस्ता उत्पादक अनुप्रयोगहरू (Applications) मा समेत उपयोग हुने गरी प्रवर्द्धन गर्ने ।