तालिमको उद्देश्य
सामान्य उद्देश्य
- गाउँपालिका र नगरपालिका तहमा वातावरणमैत्री स्थानीय शासनको अवधारणा स्पष्ट हुने र प्रारूपको कार्यान्वयन गर्न सक्षम हुनेछन् ।
निर्दिष्ट उद्देश्यहरू
यस प्रशिक्षणको अन्तमा सहभागीहरूले
- आफ्नो स्थानीय तहमा वातावरणमैत्री स्थानीय शासन प्रारुप कार्यन्वयनको वर्तमान अवस्था र प्रभावकारी वनाउन आधारभूत सुधारका पक्षहरु बुझ्न सक्नेछन् ।
- स्वस्थ वातावरणको महत्व महशुस गर्नेछन् ।
- वातारणमैत्री स्थानीय शासन प्रारुपले समेटेका घरपरिवार देखि जिल्ला तह सम्मका सूचकहरु बारे स्पष्ट हुनेछन् ।
- वातावरणमैत्री स्थानीय तह घोषणा गर्ने बिधि, मुल्यांकन प्रक्रिया, र संयन्त्र बारेमा स्पष्ट हुनेछन्।
- आवधिक, बिषयगत, रणनीतिक तथा बार्षिक योजनामा वातावरणमैत्री स्थानीय शासन बमोजिमका सूचक हासिल गर्ने बिषय समावेश गर्न तत्पर हुनेछन्।
- आधारभूत, विकसित र विशेष सूचक बारेमा स्पष्ट हुनेछन्।
- वातावरण संरक्षण, फोहरमैला व्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा विपद् जोखिम न्युनिकरण सम्बन्धी विध्यमान नीति, कानून, मापदण्डहरु र तिनको वातावरणमैत्री स्थानीय शासन प्रारुपमा भएको व्यवस्था बारे स्पष्ट हुनेछन्।
- वातावरणमैत्री स्थानीय शासन कार्यन्वयनका केहि असल अभ्यासहरु देख्ने र बुझ्नेछन् ।
- वातावरणमैत्री स्थानीय शासन प्रारूप कार्यन्वयन गर्न निजी, सामुदायिक तथा गैर सरकारी स्रोतको परिचालन गर्ने सीप सिक्नेछन् ।
- वातावरण संग सम्बन्धित कार्य तथा उपलब्धिको व्यवस्थित अभिलेख राख्न र प्रतिबेदन गर्न सक्ने हुनेछन् ।
- वातावरणमैत्री स्थानीय शासन कार्यन्वयन रणनीति बारे स्पष्ट हुनेछन् ।
- आ-आफ्नो पालिकाको लागि वातावरणमैत्री स्थानीय शासन कार्यन्वयन कार्य योजना बनाउन सक्षम हुनेछन् ।